Logo

२०८३ आश्विन २० गते मंगलवार

२०८३ आश्विन २० गते मंगलवार

प्रस्तावित राजदूतको सुनुवाइ २६ देखि २८ असोजसम्म हुने

प्रस्तावित राजदूतको सुनुवाइ २६ देखि २८ असोजसम्म हुने


  • 99
    Shares

    प्रस्तावित राजदूतको सुनुवाइ २६ देखि २८ असोजसम्म हुने
    images

    काठमाडौं ।  सरकारद्वारा विभिन्न १३ देशका लागि सिफारिस गरिएका प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म हुने भएको छ ।

    मन्त्रिपरिषदको बैठकबाट विभिन्न १३ देशका लागि राजदूतमा सिफारिस भएका व्यक्तिहरूविरुद्ध तोकिएको समयसीमाभित्र कुल ७ वटा उजुरीहरू दर्ता भएका छन् । 

    समितिले प्राप्त भएका उजुरीहरूलाई अध्ययन तथा छानबिनको दायरामा राखेर सुनुवाइ प्रक्रिया सुरु गरिएको सभापति बोधनारायण श्रेष्ठले बताए । उनले केही उजुरी समिति नै बनाएर छानबिन गर्ने खालको समेत रहेको बताए । 

    १३ जना प्रस्तावित राजदूतहरूविरुद्ध परेका कुल ७ वटा उजुरीमध्ये २ वटा उजुरी सबै प्रस्तावित राजदूतहरूलाई समेटेर सामूहिक रूपमा परेका छन् भने बाँकी ५ वटा उजुरी विभिन्न व्यक्तिहरूलाई छुट्टाछुट्टै लक्षित गरेर दर्ता भएका छन् ।

    संसदीय सुनुवाइ समितिले उजुरीकर्ताहरूका गुनासा र प्रस्तावित राजदूतहरूको योग्यता, कार्ययोजना तथा पृष्ठभूमिको विस्तृत परीक्षण गरेपछि मात्र नियुक्तिसम्बन्धी अन्तिम निर्णय गर्नेछ ।

    प्रकाशित मिति :आश्विन २० २०८३ मंगलवार - १२:५०:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij