Logo

२०८३ आश्विन २० गते मंगलवार

२०८३ आश्विन २० गते मंगलवार

चितवनवासीले सभापति लामिछानेलाई भेटेर भने- नारायणी नदी नियन्त्रणका लागि पहल गर्नूस्

चितवनवासीले सभापति लामिछानेलाई भेटेर भने- नारायणी नदी नियन्त्रणका लागि पहल गर्नूस्


  • 379
    Shares

    चितवनवासीले सभापति लामिछानेलाई भेटेर भने- नारायणी नदी नियन्त्रणका लागि पहल गर्नूस्
    images

    काठमाडौं ।चितवनका उद्योगी व्यवसायीले रास्वपा सभापति रवि लामिछानेलाई भेटेर नारायणी नदी नियन्त्रण तथा नारायणगढ बजार संरक्षणका लागि आवश्यक पहल गर्न आग्रह गरेका छन्।  

    नदीको कटान र बाढीका कारण नारायणगढ बजारसहित आसपासका क्षेत्र जोखिममा परेपछि उद्योग वाणिज्य सङ्घ चितवनको टोलीले सोमबार सभापति लामिछानेसँग भेट गरेकाे हो। 

    टोलीले नारायणी नदीको दीर्घकालीन व्यवस्थापन, तटबन्धनसहित तत्काल आवश्यक पहल गर्न माग गरेको सङ्घका अध्यक्ष चिरञ्जीवी सुवेदीले बताए। टोलीले चितवन क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य समेत रहनुभएका सभापति  लामिछानेलाई भेटेर नारायणी नदी नियन्त्रण तथा नारायणगढ बजार संरक्षणका विषयमा ध्यानाकर्षण गराएको छ।

    उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष चिरञ्जीवी सुवेदी, वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओली, निवर्तमान अध्यक्ष समेत रहेका उद्योग बाणिज्य महासङ्घका केन्द्रीय सदस्य सुमन श्रेष्ठलगायतको टोलीले नारायणी नदीका कारण उत्पन्न जोखिमको तत्काल प्राविधिक अध्ययन गर्न माग गरेको छ।

    व्यवसायीहरूले राज्यका सम्बन्धित निकायबाट प्राविधिक टोली तत्काल खटाई नदी कटान, तटबन्धनको अवस्था र सम्भावित जोखिमको अध्ययन गर्न आवश्यक पहल गरिदिन समेत सभापति लामिछानेलाई आग्रह गरेको छ।
     
    व्यवसायीको आग्रहपछि सभापति लामिछानेले सम्बन्धित मन्त्री तथा सरकारी निकायसँग समन्वय गरी प्राविधिक अध्ययनपछि प्रभावकारी तटबन्धन निर्माण र नदी व्यवस्थापनको काम अघि बढाउने प्रतिबद्धता जनाउनुभएको अध्यक्ष सुवेदीले जानकारी दिए।

    सभापति लामिछानेले छिट्टै टोली पठाएर अध्ययन गरी काम अघि वढ्ने आश्वासन दिएका अध्यक्ष सुवेदीले बताए। 

    प्रकाशित मिति :आश्विन २० २०८३ मंगलवार - १२:०९:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij