Logo

२०८३ आश्विन १९ गते सोमवार

२०८३ आश्विन १९ गते सोमवार

कविता

उदास चर्खा र आमा

उदास चर्खा र आमा


  • 547
    Shares

    उदास चर्खा र आमा
    images
    – प्रकाशचन्द्र खतिवडा
     
    पिढीमा बसेर 
    चर्खा बाटिरहेकी आमा
    जीवनको तीन विशे सत्रको चर्खा घुमाएर
    थाक्नु पर्ने 
    थाकेकी छैनन आमा 
    चर्खा सँगै बाटिरहेकी छन
    जिन्दगीको धागो 
    धागो चुँडिन्छ 
    धागो गाँस्छिन आमा
    सुस्केरा हाल्दै फुसफुसाउछिन
    जीवन धागो जस्तै त छ
    कुन दिन चुँडिन्छ के ठेगान ?
     
    लोरी गाएको सम्झना ताजै छ
    संगिनी नाचेको सम्झना पनि त ताजै छ
    लेक बेसी गर्दा
    पिपिरीको पात बजाएर
    मनको बह पोखेको अहिले जस्तो लाग्छ 
    जीवन सपना हो या विपना ?
    छुट्याउन नसके पछि
    मृत्यु गीत गाउँछिन आमा ।
     
    घरि घरि भञ्ज्याङ तिर हेर्दै
    आँखा तन्काउछिन
    आँखा बाट आँसु बगाउँछिन
    चतुरमान फर्किएको छैन 
    जीवनको सहारा परदेशिए पछि
    बेसाहारा भएको जिन्दगी अल्झाउन पनि
    चर्खा बाटेर दिन कटाउँछिन आमा ।
     
    सेतै फुलेको कपाल 
    चाउरी अनुहार
    थोते मुख
    मधुरा आँखा
    ऐना हेरेर तर्सिन्छिन आमा
    र छाम्छिन आफ्नो  शरीर
    कहाँ गयो त्यो जवानी र बैस ?
    आफूले आफैलाई प्रश्न गर्छिन ।
     
    कहिले सुरमा 
    कहिले बेसुरमा
    बितेका खसम पुकार्दै
    मलाई चाडै लैजाउ भन्छिन
    चतुरमानका बा !
    तिमीलाई सन्चै त छ ?
    के खायौ ?
    के लायौ ?
    जीवनको दुःख के त्यहाँ पनि उस्तै छ ?
     
    चर्खा सँग सँगै
    बाटिई रहेको छ आयु
    घुमिरहेको छ चर्खा 
    आमाको जिन्दगी घुमे जस्तै 
    जब सुस्ताउँछिन आमा
    घुम्दैन चर्खा
    चुडिँन्छ पुन: धागो
    आमाको जिन्दगी चुँड्दै उदास भएको छ चर्खा
    समय क्लान्त छ
    त्यही क्लान्त समय सँग
    सायद भलाकुसारी गरिरहेकी छिन आमा ।
     
     
     
    सुन्दरहरैंचा –६, दुलारी, मोरङ
    ९८४२०७३५२५
    पउअजबलमचबद्दण्द्दघ२नmबष्।िअयm

     

    प्रकाशित मिति :आश्विन १९ २०८३ सोमवार - ०८:५६:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij