२०८२ भाद्र १ गते आइतवार
हुम्ला । साहित्यका बसन्तश्रीको १२ मध्ये ३ खण्डकाव्यको समाचालोचना कार्यक्रम हुम्लामा सम्पन्न भएको छ ।
‘यार्सा’, ‘हिमाल’ र ‘भोट’ खण्डकाव्यको परिचर्चा तथा समलोचना नेपाली लेखक संघ, हुम्लाको आयोजनामा सम्पन्न भएको हो । यी खण्डकाव्यहरूको को टिप्पणी तथा समालोचना साहित्यकार मधुश्री, कन्जोक अबिनाशी र नवीन श्रमजीवीले गरेका थिए । यी तीनै वटा खण्डकाव्यको कथाबस्तु, परिवेश र पात्र क्रमिक, रोचक र सन्देशमुलक छ । खस भाषादेखि आधुनिक नेपाली भाषामा लेखिएका यी कृतिहरूले हुम्लाको माटोमा सुगन्ध र नेपाली साहित्यमा सुवास र संख्या थपेको टिप्पणीकारहरूले बताएका छन् ।
बसन्तश्रीको यार्सा नारीप्रधान खण्डकाव्य हो । यसमा समाजमा रहेको चलन मागी विवाहले निम्त्याएको खराब पक्षहरू र प्रेम विवाहले ल्याएको समाजको आधुनिकता बारे बताउनुका साथै जारी प्रथा यार्चागुम्बु जस्तै महंगो भएको बताएका छन् ।
हिमाल खण्डकाव्यमा शहरी परिवेश , विद्यार्थी जीवन, सङ्घर्ष, सेवा र मातृभूमिको लागि केही गर्नुपर्छ भनिएको छ । त्यसको लागि हिमालले राजनीति गरेको छ । यार्सालाई आफ्नै ठाउँमा जागिर गर्न र सँगसँगै सेवा कार्यमा लाग्न उत्प्रेरित गरेको लेखक बसन्तश्रीले बताए ।
भोट खण्डकाव्यले अहिलेको राजनैतिक अवस्था र मानसिकता अनि निर्बाचनका गतिविधि र भोटको राजनीतिलाई झल्काएको छ । नेतृत्वको कुशलता, हस्तान्तरण ,पुस्तान्तरण, पार्टीमा एक परिवार झै ब्यबहार , विकास र एजेन्डाको राजनीति अबको आबश्यकता हो भनेका छन् ।
नेपाली लेखक संघ हुम्लाका अध्यक्ष मधु बस्नेत शाही र जिल्ला समन्वय समिति हुम्लाका प्रमुख शिवराज शर्माको प्रमुख आतिथ्यमा खण्डकाव्यको परिचर्चा कार्यक्रम सम्पन्न भएको हो । यस कार्यक्रमकोलागि जिया स्मृति फाउन्डेसन र रेडियो कैलाशले सहकार्य गरेको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij