Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

जसपा उपेन्द्र-बाबुराम पक्षको कार्यकारिणी समितिको बैठक बस्दै

जसपा उपेन्द्र-बाबुराम पक्षको कार्यकारिणी समितिको बैठक बस्दै


  • 7.4K
    Shares

    जसपा उपेन्द्र-बाबुराम पक्षको कार्यकारिणी समितिको बैठक बस्दै

    काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै छ । आज (बिहीवार) बिहान साढे ११ बजे उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षीय केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्न लागेको हो । 

    अध्यक्ष यादवका अनुसार बैठकबाट वर्तमान राजनीतिक परिस्थितिको सन्दर्भमा विचार विमर्श गरी महत्त्वपूर्ण निर्णय लिइने छ ।जसपामा बहुमत पक्षको निर्णयलाई निर्वाचन आयोगले मान्यता नदिएपछि यादव पक्षीय बैठक बस्न लागेको हो । ठाकुरसहित नेता महतो, कार्यकारिणी सदस्य शरतसिंह भण्डारी, अनिकुमार झा, राजकिशोर यादव, सर्वेन्द्रनाथ शुक्ला, लक्ष्मणलाल कर्ण, चन्दा चौधरीलाई बैठकमा नबोलाएको कार्यकारिणी समितिका सदस्य इस्तियाक राईले बताए । 

    उनीहरु पार्टीबाट निष्कासित भइसकेकाले बैठकमा नबोलाएको बताउँदै उनले भने, 'जो व्यक्ति पार्टीमै छैनन्, बैठकमा बोलाएकै छैनन, ती व्यक्तिले बैठकको निर्णय मान्नु नमान्नुमा कुनै फरक पर्दैन ।'

    अध्यक्ष ठाकुरलाई कार्यकारिणी समितिको बैठक नरहेको भन्ने अधिकार नरहेको उनले बताए । ५१ सदस्यीय मध्ये ४३ जनालाई बैठकको बारेमा जानकारी पठाइएको पार्टी कार्यालय प्रमुख प्रकाश अधिकारीले बताए ।

    निर्वाचन आयोगले महन्थ ठाकुर पक्षीय नेतामाथि गरिएको कारबाहीलाई मान्यता नदिएपछि आगामी रणनीति बनाउन यादव पक्षीय बैठक बस्न लागेको बुझिएको छ । बैठकले जसपाबाट सरकारमा सहभागी नेता राजेन्द्र महतो लगायतलाई सोधिएको स्पष्टीकरणमाथि निर्णय लिने छ । 

    प्रकाशित मिति :आषाढ ३ २०७८ बिहिवार - १०:०८:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij