Logo

२०८२ पौष ४ गते शुक्रवार

२०८२ पौष ४ गते शुक्रवार

कपडा किन्न बोलाएर एक युवकले गरे आफ्नै हुनेवाला श्रीमतीको हत्या

कपडा किन्न बोलाएर एक युवकले गरे आफ्नै हुनेवाला श्रीमतीको हत्या


  • 5.5K
    Shares

    कपडा किन्न बोलाएर  एक युवकले गरे आफ्नै हुनेवाला श्रीमतीको हत्या
    images

    भारतको उत्तर प्रदेशमा एक युवकले आफ्नो हुनेवाला श्रीमतीको हत्या गरेका छन् । उत्तर प्रदेशको जनपद मुरादाबादमा जितिन नामका एक युवकले आफ्नो हुनेवाला श्रीमती टीनालाई विवाहको कपडा किन्न भनेर बोलाएर उनको हत्या गरेका छन् ।

    जितिनले टीनाको घाँटी थिचेर हत्या गरेको र शव सडक किनारामा फ्याकेर फरार भएका भारतीय प्रहरीले बताएका छन् । सडक किनारामा महिलाको शव भेटिएको खबर पछि प्रहरी घटनास्थल पुगेको थियो ।

    टीनाका परिवारका अनुसार जितिनले टीनालाई कपडा किन्ने बाहानाले बोलाएका थिए र त्यसकै १ घण्टाकोबीचमा टीनाको सडकमा शव फेला परेपछि जितेनले नै हत्या गरेको भन्दै प्रहरीकोमा उजुरी दिएका छन् ।

    उजुरी पछि प्रहरीले जितिनलाई पक्राउ गरेको छ । टीना र जितिनको विवाह २० जुनमा हुन लागेको थियो ।एजेन्सी

    प्रकाशित मिति :आषाढ २ २०७८ बुधवार - १५:४०:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij