Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

उपचार गराउन दिल्ली जानुअघि पार्टीको चिन्ता गर्दै झलनाथले जारी गरे यस्तो विज्ञप्ति

उपचार गराउन दिल्ली जानुअघि पार्टीको चिन्ता गर्दै झलनाथले जारी गरे यस्तो विज्ञप्ति


  • 8.8K
    Shares

    उपचार गराउन दिल्ली जानुअघि पार्टीको चिन्ता गर्दै झलनाथले जारी गरे यस्तो विज्ञप्ति

    काठमाडौं । थप स्वास्थ्य उपचारका लागि दिल्ली जाँदाजाँदै पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले पार्टी एकताका लागि आब्हान गरेका छन् ।

    राजधानीको नर्भिक अस्पतालमा उपचार गराइरहेका खनालले दिल्ली जाँदाजाँदै एक बक्तब्य जारी गर्दै देश, लोकतन्त्र र पार्टीको अवस्थाले आफूलाई अत्यन्तै चिन्तित बनाएको बताएका छन् ।

    राजनीतिक अवस्था विथोलिनाले दलहरुभित्र विवाद र ध्रविकरण बढेको र जसको कारण नेकपा एमालेमा त्यसको प्रत्यक्ष असर परेको बताउँदै त्यसको कारण देश, जनता र लोकतन्त्रका निम्ति दुर्भाग्य रहेको बताए ।

    ‘देशको विथोलिएको वर्तमान राजनैतिक अवस्थाले मलाई धेरै चिन्तित बनाएको छ । राजनैतिक दलहरु विवाद र ध्रुविकरणले विभाजन उन्मुख भएका छन् । त्यही अन्तर संघर्षको पराकम्पन हाम्रो तत्कालिन पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा पर्यो र अहिले नेकपा (एमाले)मा परिरहेको छ । राष्ट्रिय एकता-अखण्डता लोकतन्त्र र स्थायीत्वको खम्बाको रुपमा रहेका दलहरुभित्र यस्तो हुनु देश, जनता, लोकतन्त्र, विकास र समृद्धिका निम्ती दुर्भाग्यपुर्ण अवस्था हो । त्यसैले देशका प्रमुख दलहरु र तिनका नेताहरु विचको अनावश्यक टकराव, महत्वकांक्षा र व्यक्तिगत इगो साध्ने कार्य यथाशीघ्र अन्त्य गरिनु पर्दछ । हामि सबै एकजुट भएर मुलुकका मुलभुत समस्याहरु हल गर्नु पर्दछ भन्ने कुरा म सबैलाई आग्रह गर्न चाहान्छु ।’ नेता खनालले जारी गरेको विज्ञप्तिमा भनेका छन् ।

    एमाले लामो समयदेखिको संघर्षका कारण यहाँसम्म आइपुगेको र त्यहि कारण देशको नेतृत्वदायी पार्टी बनोस् र जनताको हित विकास र समृद्धीको बाहक बनोस् भन्ने आम मानिसहरुको धारणा भएपनि नेताहरुभित्र देखिएका गलत प्रवृतीका कारण पार्टी गम्भीर संकटमा परेको बताए ।

    ‘हाम्रो पार्टी नेकपा ९एमाले० सयौँ सहिदहरुको वलिदान, हजारौं योद्धाहरुको रगत पसिना, कैयौँको प्रवास, जेल, भुमिगत जिवनको संघर्ष, त्याग र तपस्याको कारण सफलताको यो विन्दु सम्म आइपुगेको हो ।’ जारी विज्ञप्तिमा भनिएको छ, ‘सो त्यागले यो पार्टी देशको नेतृत्वदायी पार्टी बनोस, राष्ट्र र जनताको हित तथा विकास र समृद्धिको बाहक बनोस र बन्नेछ भन्ने अपेक्षा राखेको छ । तर त्यो जनताको चाहना र अपेक्षा विपरित हामिमा देखिएको अनेकौं गलत प्रवृत्तिहरु, बदलाको भाव र अनावश्यक ईगोका कारण पार्टी जिवनमा यतिखेर गम्भीर संकट उत्पन्न भएको छ ।’

    साथै नेता कार्यकर्ता पंक्तिलाई आफूहरुले विगतमा प्राप्त गरका ठूला संघर्ष र सफताहरुलाई स्मरण गर्न समेत आग्रह गरेका छन् । नेता खनालले पार्टी पंक्तिभित्रका रिस, राग, अंहकार र बदलाव त्यागेर पार्टीको वैधानिक प्रक्रिया अन्तर्गत फुटबाट जोगउन अपील गरेका छन् । साथै पार्टीलाई फुटबाट धकेल्ने नभइ धैर्यता र संयमताका साथ जोगाउने प्रयत्न गर्न समेत अपील गरेका छन् ।

    ‘विगतमा हामि सबै मिलेर ठुलाठुला सफलताहरु प्राप्त गरेको स्मरण गरौं । एकता सफलताको बाटो हो भने फुट बिनासको । त्यसैले रिस, राग, अहंकार र बदलाभाव त्यागेर पार्टिका बैधानिक प्रकृया अन्तर्गत यो पार्टी फुटबाट जोगाउन तथा एकताबद्ध पार्न म सबै नेता कार्यकर्ताहरुलाई विशेष आह्वान गर्न चहान्छु । पार्टीलाई फुटतर्फ धकेल्ने होइन, धैर्य र संयमका साथ एकता जोगाउने प्रयत्न गर्यौ भने मात्र हामि सफल हुन सक्छौँ र सिङ्गो राष्ट्रको नेतृत्व गर्न सक्छौं । त्यसैले टुट-फुट र विभाजन होइन एकता गर्ने गराउने कार्यमा अगाडी बढौं भन्ने सबैमा आह्वान गर्न चहान्छु ।’ उनले भनेका छन् ।

    नेता खनाल थप उपचारको लागि आज दिल्ली प्रस्थान गरेका छन् । स्वास्थ्यमा समस्या आइ नर्भिकमा उपचाररत नेता खनालको अवस्था थप जटिल भएपछि उपचारको लागि दिल्ली प्रस्थान गरेका हुन् । साथै आफ्नो स्वास्थ्य लाभको कामना गर्ने सबैमा धन्यवाद ज्ञापन समेत गरेका छन् ।

    प्रकाशित मिति :आषाढ २ २०७८ बुधवार - १४:३०:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij