Logo

२०८३ आश्विन ८ गते बिहिवार

२०८३ आश्विन ८ गते बिहिवार

मौसम पूर्वानुमान

असोज ९ देखि ११ गतेसम्म सतर्क रहन देशभरका पालिकाको आग्रह

असोज ९ देखि ११ गतेसम्म सतर्क रहन देशभरका पालिकाको आग्रह


  • 435
    Shares

    असोज ९ देखि ११ गतेसम्म सतर्क रहन देशभरका पालिकाको आग्रह
    images

    काठमाडौँ । काठमाडौँ महानगरपालिककासहित देशभरका स्थानीय तहले असोज ९ देखि ११ गतेसम्म भारी तथा अतिभारी वर्षा हुनसक्ने सम्भावना रहेको भन्दै सतर्क रहन आग्रह गरेका छन्।

    जल तथा मौसम विज्ञान विभागको पछिल्लो पूर्वानुमानअनुसार ती दिन अत्यधिक वर्षाका कारण नदी तथा खोलानालामा पानीको बहाव बढ्न सक्ने र सडकमा जलमग्न हुने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।

    काठमाडौँ महानगरपालिकाको शिक्षा विभागकी महाशाखा प्रमुख सरस्वती पोखरेलले विद्यालय आउँदा–जाँदा बालबालिकालाई जोखिम हुनसक्ने भएकाले थप सावधानी अपनाउन आग्रह गरेकी छन्।

    विद्यार्थीलाई नदी, खोला, खुला ढल तथा डुबान भएका सडकबाट टाढा रहन, विद्यालय आउँदा सुरक्षित बाटो प्रयोग गर्न र कक्षाकोठामा आवश्यक सावधानीबारे जानकारी गराउन आग्रह गरिएको छ । विद्यालय परिसरमा पानी जम्ने, पर्खाल भत्किने वा पहिरो जानेजस्ता जोखिम भए नभएको यकिन गरी तत्काल आवश्यक सुरक्षा प्रबन्ध मिलाउन आग्रह गरिएको छ ।

    आपत्कालीन अवस्था आएमा स्थानीय प्रहरी तथा विपद् व्यवस्थापन समितिसँग समन्वय गर्न पनि महानगरले आग्रह गरेको छ । मौसमको अवस्था अत्यन्तै प्रतिकूल भएमा विद्यार्थीको ज्यान जोखिममा पर्न सक्ने भएकाले महानगरपालिकाको शिक्षा विभागसँग समन्वय गरी पठनपाठन बन्द गर्ने वा वैकल्पिक व्यवस्था गर्ने निर्णय लिन सकिने छ ।

    प्रकाशित मिति :आश्विन ८ २०८३ बिहिवार - ०७:२८:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij