Logo

२०८३ आश्विन ८ गते बिहिवार

२०८३ आश्विन ८ गते बिहिवार

मंसिर पहिलो साता प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण

मंसिर पहिलो साता प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण


  • 428
    Shares

    मंसिर पहिलो साता प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण
    images

    प्रधानमन्त्री बालेन्द्र शाहले आगामी नोभेम्बरको तेस्रो साता अर्थात् मंसिरको पहिलो साता भारत भ्रमण गर्ने तयारी गरेका छन्। भ्रमणको ठ्याक्कै मिति तय नभए पनि समय करिब निश्चित भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।

    प्रधानमन्त्री शाहले पदभार सम्हालेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई भारत भ्रमणको निम्तो दिएका थिए। संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर नेपाल फर्किएपछि भ्रमणको तयारी तीव्र पारिनेछ।

    न्युयोर्कमा परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भएको भेटवार्तामा पनि भ्रमणबारे छलफल भएको थियो। प्रधानमन्त्री शाहले भ्रमणका क्रममा सीमा विवाद र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलका लागि भारतीय हवाई रुटको अनुमति लगायत विषयमा ठोस उपलब्धि हासिल गर्न चाहेको स्रोतले जनाएको छ।

    नेपाल र भारतबीच निरन्तर सकारात्मक छलफलपछि भ्रमणको मिति तय गर्ने प्रक्रिया अघि बढेको बताइएको छ।

    प्रकाशित मिति :आश्विन ८ २०८३ बिहिवार - ०७:०९:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij