Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

भरत दाहाललाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

भरत दाहाललाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश


  • 372
    Shares

    भरत दाहाललाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
    images

    काठमाडौं । सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहाललाई आदेश बुझेको २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश जारी गरेको छ । 

    मंगलबार सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको एकल इजलासले  दाहालको बन्दीप्रत्यक्षीकरण सम्बन्धी रिट निवेदनमा सुनुवाइ गर्दै पक्राउ गर्नुपर्ने आधार र कारण सहित लिखित जवाफ पेस गर्न भनेको छ । 

    साथै आदेश प्राप्त भएको मितिले बाटोको म्याद बाहेक २४ घण्टाभित्र अनुसन्धान मिसिल र बन्दीसहित उपस्थित गराउन आदेश दिएको छ ।

    दाहालको तर्फबाट छोरी डेनिकाले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दिएकी थिइन् । दाहाललाई आइतबार प्रहरीले मोरङको बेलबारीबाट पक्राउ गरेको थियो ।  

    bharat-dahal_ZxWMqWbdp6.webp

    प्रकाशित मिति :आश्विन ६ २०८३ मंगलवार - १६:१३:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij