Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

सामसङ नेपालको दशैं–तिहार विशेष अफर: “स्मार्ट अपग्रेड घरमा, लक्की सरप्राइज चाडमा” अभियान सार्वजनिक

सामसङ नेपालको दशैं–तिहार विशेष अफर: “स्मार्ट अपग्रेड घरमा, लक्की सरप्राइज चाडमा” अभियान सार्वजनिक


  • 1.2K
    Shares

    सामसङ नेपालको दशैं–तिहार विशेष अफर: “स्मार्ट अपग्रेड घरमा, लक्की सरप्राइज चाडमा” अभियान सार्वजनिक
    images

    काठमाडौं । चाडपर्वको उल्लासलाई थप रोमाञ्चक बनाउँदै सामसङ नेपालले आफ्ना विश्वप्रसिद्ध टिभी तथा होम अप्लायन्सहरूमा आकर्षक योजनासहित “स्मार्ट अपग्रेड घरमा, लक्की सरप्राइज चाडमा” नामक दशैं–तिहार विशेष अफर सार्वजनिक गरेको छ। यो अभियान २० सेप्टेम्बरदेखि १६ नोभेम्बर २०२६ सम्म सञ्चालन हुनेछ।

    यस विशेष योजना अन्तर्गत ग्राहकहरूले सामसङका टिभी तथा होम अप्लायन्सहरूको खरिदमा दैनिक तथा साप्ताहिक लक्की ड्रमार्फत ठूला उपहारहरू जित्नुका साथै थप क्यासब्याक र पक्का उपहारसमेत प्राप्त गर्न सक्नेछन्।

    अभियानको अवधिमा सामसङका टिभी, रेफ्रिजेरेटर, वासिङ मेसिन वा वातानुकूलित उपकरण (एसी) खरिद गर्ने ग्राहकहरूले नियम अनुसार लक्की ड्रमा सहभागी हुन पाउनेछन्। यस लक्की ड्र अन्तर्गत हरेक दिन ३१ जना विजेताहरू छनोट गरिनेछन्, जसले सामसङ ९ किलोग्राम फ्रन्ट लोड वासिङ मेसिन वा सामसङ ५५ इन्चको अल्ट्रा एचडी टिभीमध्ये एक उपहार प्राप्त गर्न सक्नेछन्।

    त्यस्तै, आठ जना साप्ताहिक विजेताहरूले सामसङको १ टनको एसी जित्ने सुवर्ण अवसर पाउनेछन्। लक्की ड्रमा सहभागी हुनका लागि क्यामपेन अवधिभर सामसङको कुनै पनि टिभी, रेफ्रिजेरेटर, वासिङ मेसिन वा एसी खरिद गर्नुपर्नेछ। सामानको पछाडि टासिएको स्टिकरमा रहेको चौध अंकको सिरियल नम्बर प्रयोग गरी “सामसङ [चौध अंकको सिरियल नम्बर]” (Samsung [१४ अंकको सिरियल नम्बर]) टाईप गरेर ३७२७३ मा सन्देश (SMS) पठाउनुपर्नेछ। एसएमएस पठाएपछि ग्राहकले तत्कालै पुष्टिकरण सन्देश प्राप्त गर्नेछन्।

    विजेताहरूको घोषणा प्रत्येक बुधबार इमेज च्यानलको “म्युजिक अफ योर चोइस” कार्यक्रममार्फत गरिनेछ भने विजेताहरूको नामावली स्मार्ट प्लाजा र बिग डिजिटलको आधिकारिक फेसबुक पेजमा पनि सार्वजनिक गरिनेछ।लक्की ड्रबाहेक ग्राहकहरूले विभिन्न उत्पादनहरूमा आकर्षक क्यासब्याक र उपहारहरूको लाभ समेत लिन सक्नेछन्। जसअनुसार टिभी खरिदमा २६ प्रतिशतसम्म क्यासब्याक, निःशुल्क साउन्डबार तथा छनोट गरिएका मोडलहरूमा १२ महिनासम्म निःशुल्क नेट टिभी प्याकेज उपलब्ध गराइएको छ।

    त्यस्तै, रेफ्रिजेरेटरमा २१ प्रतिशतसम्म क्यासब्याक र ५ हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस प्राप्त गर्न सकिनेछ भने वासिङ मेसिनमा १८ प्रतिशतसम्म क्यासब्याक, ३ हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस र छनोट गरिएका मोडलहरूमा निःशुल्क ६ किलोग्राम सर्फ एक्सेल म्याटिक डिटर्जेन्ट प्रदान गरिनेछ।

    यसका साथै, हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडको “सामसङ इन्स्टा फाइनान्स” सेवामार्फत ग्राहकहरूले १२ वा २४ महिनाको सजिलो मासिक किस्ता (इएमआई) सुविधामा यी उपकरणहरू खरिद गर्न सक्नेछन्। पुराना उपकरणहरू फेर्न चाहनेहरूले आर्कोस्टोर वा नेपालभरका आधिकारिक सामसङ रिटेल स्टोरमार्फत सजिलै साटफेर (एक्सचेन्ज) गर्न सक्नेछन्। सीमित अवधिको लागि मात्र लागू हुने यो अफर र यससम्बन्धी थप विस्तृत जानकारीका लागि नजिकैको आधिकारिक सामसङ स्टोरमा सम्पर्क गर्न सकिनेछ।

    प्रकाशित मिति :आश्विन ४ २०८३ आइतवार - ११:५०:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij