Logo

२०८२ पौष ४ गते शुक्रवार

२०८२ पौष ४ गते शुक्रवार

भारतमा देखापर्‍यो कोरोनाको अर्को नयाँ रूप ‘डेल्टा प्लस’, दोश्रो लहरभन्दा पनि शक्तिशाली

भारतमा देखापर्‍यो कोरोनाको अर्को नयाँ रूप ‘डेल्टा प्लस’, दोश्रो लहरभन्दा पनि शक्तिशाली


  • 7.1K
    Shares

    भारतमा देखापर्‍यो कोरोनाको अर्को नयाँ रूप ‘डेल्टा प्लस’, दोश्रो लहरभन्दा पनि शक्तिशाली
    images

    भारतमा फेरि कोरोनाले अर्को घातक स्वरूप लिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार कोरोना महामारीको दोस्रो लहरमा आतंक मच्चाइरहेको डेल्टा भेरिएन्ट अझ संक्रामक बनेको हो । डेल्टा उत्परिर्वतन भएर बनेको नयाँ भेरिएन्टलाई भारतका वैज्ञानिकले ‘डेल्टा प्लस’  नामकरण गरेका छन् ।

    अहिलेसम्म यो नयाँ भेरिएन्ट भारतका ६ राज्यमा ८ वटा नमुनामा पुष्टि भएको छ । वैज्ञानिकले डेल्टा प्लसलाई के४१७एन को नाम पनि दिएका छन् । यो बी.१.६१७ (डेल्टा) मा फेला परेको हो । यसकारण वैज्ञानिकले यसलाई बी.१.६१७.२.१ पनि भनेका छन् । साथै यसलाई वैज्ञानिकले एवाई.१ नामबाट पनि पहिचान गरेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

    भारतीय सञ्चारमाध्यमका अनुसार यो भेरिएन्ट सबैभन्दा बढी तमिलनाडुमा ३ बिरामीमा देखिएको छ । यसबाहेक महाराष्ट्र, गुजरात, ओडिसा, कर्नाटक र आन्ध्र प्रदेशका एक एक संक्रमितमा डेल्टा प्लस भेरिएन्ट देखापरेको छ। दिल्ली, बिहार, उत्तर प्रदेश, मध्यप्रदेश र राजस्थानका नमुनाको पनि सिक्वेन्सिङको नतिजा आउन बाँकी छ ।

    अहिलेसम्म यो म्युटेसन फैलिएकोबारे वैज्ञानिकलाई थाहा हुन सकेको थिएन । किनकि भारतमा जिनोम सिक्वेन्सिङ पर्याप्त मात्रामा भइरहेको छैन । गत अप्रिल ५ देखि मे १५ सम्म परीक्षण गरिएका नमुनामध्ये ८ वटामा नयाँ म्युटेसन (डेल्टा प्लस) देखिएको हो । जुन नमुना सबै डेल्टा भेरिएन्टबाट संक्रमित थिए ।

    सीधै एन्टिबडीमा आक्रमण गर्ने
    के४१७ (डेल्टा प्लस) म्युटेसन भाइरसको स्पाइक प्रोटिनमा ४१७ जस्तो परिवर्तन लिएर आएको छ । जसले सीधै मानिसको शरीरमा रहेको एन्टिबडीमा हमला गर्छ । अर्थात् यो भेरिएन्ट यति शक्तिशाली छ कि यसले मानिसलाई पटकपटक संक्रमण गर्न सक्ने मात्र होइन, खोप लगाइसक्दा पनि संक्रमित हुने जोखिम देखिएको छ । जसलाई वैज्ञानिकले ‘ब्रेक थ्रु इन्फेक्सन’ भनेका छन् । 

    प्रकाशित मिति :आषाढ १ २०७८ मंगलवार - १०:४५:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij