Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

अबदेखि भारतीय सेनामा नेपाली युवतीले पनि भर्ती हुन पाउने, यस्तो छ भर्तीको सूचना

अबदेखि भारतीय सेनामा नेपाली युवतीले पनि भर्ती हुन पाउने, यस्तो छ भर्तीको सूचना


  • 12.1K
    Shares

    अबदेखि भारतीय सेनामा नेपाली युवतीले पनि भर्ती हुन पाउने, यस्तो छ भर्तीको सूचना
    images

    काठमाडौं । अबदेखि नेपाली युवतीले पनि भारतीय सेनामा भर्ती हुन पाउने भएका छन् ।

    काठमाडौंस्थित भारतीय दूतावास अन्तर्गतको कल्याणकारी शाखाले सोमबार विज्ञप्ति जारी गर्दै महिला सैनिक प्रहरीका लागि भर्ती आह्वान गरेको हो ।

    आगामी जुलाई २० सम्म इच्छुकले निवेदन दिन सक्ने जारी सूचनामा उल्लेख छ । भारतको अम्बाल, लखनऊ, जवलपुर, बेलगाव, पुने र सिलाङमा भर्ती छनौट हुने भएको छ । १७ वर्ष ६ महिनादेखि २१ वर्ष उमेर ननाघेका, न्युनतम १० कक्षा पास गरेका र १५२ सेन्टिमिटर उचाइ भएकाले आवेदन दिन सक्ने भएका छन् ।

    गोर्खा उम्मेदवारलाई ४ सेन्टिमिटरसम्म छुट दिइएको जनाइएको छ भने वीर नारीहरुको हकमा ३० वर्षसम्मको उमेरलाई छुट दिइएको छ ।

    जारी सूचनामा भैतिक परीक्षाको मापदण्ड पनि तोकिएको छ ।

    सैनिक,भूपू सैनिक,वीर नारी र विधवा सैनिकका छोरीहरुको लागि तौलमा २ केजीको छुट र लिखित परीक्षामा २० अंकको बोनस प्राप्त गर्ने जनाइएको छ ।

    Indian-Army-1.jpg

    प्रकाशित मिति :जेठ ३१ २०७८ सोमवार - १९:४८:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij