Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

माधवलाई भेट्न कोटेश्वर पुगे देउवा र दाहाल

माधवलाई भेट्न कोटेश्वर पुगे देउवा र दाहाल


  • 8.4K
    Shares

    माधवलाई भेट्न कोटेश्वर पुगे देउवा र दाहाल

    काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल एमाले नेता माधवकुमार नेपाललाई भेट्न उनको निवास पुगेका छन् । नेपालको सचिवालयका अनुसार देउवा पहिला पुगेका थिए भने त्यसको केहीबेर पछि दाहाल पनि नेपालको निवास कोटेश्वर पुगेका हुन् ।

    अहिले तीन नेताबीच छलफल चलिरहेको नेपाललको सचिवालयले जानकारी दियो । पछिल्लो समय एमालेका दोस्रो तहका नेताहरु पार्टी एकताका लागि संवादमा रहेकै बेला देउवा र दाहाल नेपाललाई भेट्न उनको निवास पुगेका हुन् ।

    नेपाल निकट नेता बेदुराम भुसालले पछिल्लो समसामयिक विषयमा छलफलका लागि तीन नेताबीच भेट भएको बताए । ‘उहाँहरु भेटिरहनु भएको छ । कहिले बुढानिलकण्ठ, कहिले कोटेश्वर, कहिले कता । यो सामान्य भेटघाट हो,’ भुसालले भने ।

    एमालेको संस्थापन पक्षसँग संवादमा रहेका नेपाल निकट एक नेताका अनुसार अध्यक्ष केपी शर्मा ओली ०७५ जेठ २ मा कायम पार्टी संगठनका बैठक बोलाउन र फागुन २८ यताका निर्णय सच्याउन करिबकरिब तयार भएका छन् ।

    तर, देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्चमा दायर रिटमा गरिएको २३ सांसदको हस्ताक्षर फिर्ता लिनुपर्ने अडान ओली पक्षले राखेको छ । नेपाल पक्षले भने प्रतिनिधिसभा विघटनको निर्णय फिर्ता लिए हस्ताक्षर पनि फिर्ता हुने अडान राखेको छ ।

    प्रकाशित मिति :जेठ ३१ २०७८ सोमवार - १९:०१:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij