Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

शेयर बजारका सबै सूचक घटे, ४ अर्ब नाघ्यो कारोबार

शेयर बजारका सबै सूचक घटे, ४ अर्ब नाघ्यो कारोबार


  • 1.2K
    Shares

    शेयर बजारका सबै सूचक घटे, ४ अर्ब नाघ्यो कारोबार
    images

    काठमाडौं । साताको चौथो कारोबारको दिन बिहिबार पनि शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से परिसूचक १३।८५ अंकले घटेर २,५३१ को विन्दुमा कायम भएको छ । 

    आज ६९ कम्पनीको शेयर मूल्य बढेको छ भने २०१ कम्पनकिो घटेको छ । आज दिनभरिमा ३४१ कम्पनीको १ करोड ५ लाख ८८ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब माथिको शेयर कारोबार भएको छ । 

    बैंकिङ ०.४७, विकास बैंक ०.३४, फाइनान्स ०.६६, होटल तथा पर्यटन ०.५०, जलविद्युत् ०.५५, लगानी ०.४१, जीवन बीमा ०.१७, माइक्रोफाइनान्स ०.५६, निर्जीवन बीमा ०.७८, अन्य ०.६४ र व्यापार समूह ०.२७ प्रतिशत घटेको छ ।

    आज लिबर्टी इनर्जीको मूल्य सबैभन्दा धेरै १५ प्रतिशत बढेको छ  । त्यस्तै दोल्ती पावरको ८.२२, अपर लोहोरेखोलाको ७.०२, इमर्जिङ नेपालको ५.४६, शिवश्री हाइड्रोको ४.९२, सेन्ट्रल फाइनान्सको ४.४६ तथा जानकी फाइनान्सको ४.२८ प्रतिशत मूल्य बढेको छ  ।

    आज सबैभन्दा धेरै लिबर्टी इनर्जीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४५ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायन्स स्पीनिङ मिल्सको २१ करोड १२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको १९ करोड ११ लाख रुपैयाँको शेयर कारोबार भएको छ । 

    प्रकाशित मिति :भाद्र २५ २०८३ बिहिवार - १५:२२:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij