२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । संखुवासभाको पाँचखपन नगरपालिका-८ पोख्राङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
पाँचखपन-८ पोख्राङमा गएराति वर्षासँगै परेको चट्याङ लागेर अलैँची केलाउँदै गरेका एक जनाको मृत्यु भएको हो भने दुई जना गम्भीर घाइते भएका छन्।
पाँचखपन-८ पोख्राङमा अलैँची भट्टीमा अलैँची केलाउँदै गरेका २८ वर्षीय उमेश दाहालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीले जानकारी दिए।
हुरी-वर्षासँगै वर्षेको चट्याङ लागेर गम्भीर घाइते भएका २८ वर्षीय दाहालको पाँचखपन आधारभूत अस्पताल वानामा भर्ना गरेलगत्तै चिकित्सकले मृत घोषणा गरेका हुन्।
त्यस्तैगरी चट्याङ लागेर सोही ठाउँका ६४ वर्षीय पुष्पलाल कट्वाल र ६२ वर्षीय छत्रबहादुर दाहाल गम्भीर घाइते भएको प्रहरी निरीक्षक राजवंशीले बताए। घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो।
गम्भीर घाइते ६४ वर्षीय कट्वाल र ६२ वर्षीय दाहालको पाँचखपन आधारभूत अस्पताल वानामा उपचार भइरहेको प्रहरीले जनाएको छ। घटनास्थल प्रहरी चौकी भर्तिवाल डाँडाबाट करिब चार किलोमिटरपूर्वमा रहेको जनाइएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij