Logo

२०८२ पौष ४ गते शुक्रवार

२०८२ पौष ४ गते शुक्रवार

भारतमा पछिल्लो २४ घण्टामा ७० हजारमा संक्रमण, ३९ सय २१ को मृत्यु

भारतमा पछिल्लो २४ घण्टामा ७० हजारमा संक्रमण, ३९ सय २१ को मृत्यु


  • 5.8K
    Shares

    भारतमा पछिल्लो २४ घण्टामा ७० हजारमा संक्रमण, ३९ सय २१ को मृत्यु
    images

    भारतमा दैनिक पहिचान हुने संक्रमितको संख्यामा ह्वात्तै कमी आएको छ । आइतबार करिब ८० हजारमा संक्रमण पुष्टि हुँदा सोमबार ७० हजारमा संक्रमण देखिएको छ ।

    भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७० हजार ४२१ जनामा संक्रमण देखिएको छ । ७२ दिनपछि पहिचान भएको यो सबै भन्दा कम संक्रमितको संख्या हो ।

    यस्तै, १ लाख १९ हजार ५०१ जना संक्रमण मुक्त हुँदा भारतभर सक्रिय कोरोना संक्रमितको संख्या ९ लाख ७३ हजार १५८ पुगेको छ ।

    मृतकको संख्यामा भने कमी आएको छैन । संक्रमणका कारण थप ३९ सय २१ जनाको मृत्यु भएको छ । हालसम्म भारतमा ३ लाख ७४ हजार ३०५ जनाको मृत्यु भइसकेको छ । एजेन्सी

    प्रकाशित मिति :जेठ ३१ २०७८ सोमवार - ११:५६:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij