Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

नेप्सेमा सामान्य वृद्धि, कारोबार पनि बढ्यो

नेप्सेमा सामान्य वृद्धि, कारोबार पनि बढ्यो


  • 1.0K
    Shares

    नेप्सेमा सामान्य वृद्धि, कारोबार पनि बढ्यो
    images

    काठमाडौं । साताको चौथो कारोबारको दिन बिहिवार शेयर बजार बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ४.६६ अंकले बढेर २,५४२ को विन्दुमा कायम भएको छ । 

    आज १४५ कम्पनीको शेयर मूल्य बढेको छ भने १२३ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३४६ कम्पनीको १ करोड २१ लाख ६३ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४६ करोड माथिको शेयर कारोबार भएको छ । 

    त्यस्तै व्यापार १.०९ प्रतिशत बढेको छ । अरु सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो । बैंकिङ ०.२४, विकास बैंक ०.२०, होटल तथा पर्यटन ०.०९, जीवन बीमा ०.०८, उत्पादन तथा प्रशोधन ०.४६, माइक्रोफाइनान्स ०.२७ प्रतिशत बढेको छ ।

    फाइनान्स ०.३४, जलविद्युत् ०.२३, निर्जीवन बीमा ०.२८ तथा अन्य ०.३६ प्रतिशत घटेको छ । विन नेपाल लघुवित्तको मूल्य ८.७६, चिरख्वा हाइड्रोपावरको ८.५६, आशा लघुवित्तको ८.२९, मायाखोला हाइड्रोपावरको ७.८४, माउन्ट एभरेस्ट पावरको ६.४५, रिलायन्स स्पिनिङ मिल्सको ५.०१ प्रतिशत मूल्य बढेको छ ।

    आज सबैभन्दा धेरै रिलायन्स स्पीनिङ मिल्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४० करोड ९० लाख रुपैयाँको शेयर कारोबार भएको छ । सानिमा मिडिल तमोरको १३ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोलु हाइड्रोको १२ करोड ८६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

     

    प्रकाशित मिति :भाद्र १८ २०८३ बिहिवार - १५:५२:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij