२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । आज साताको पहिलो कारोबार दिन सोमवार शेयर बजार भारी अंकले घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ४३.८९ अंकले घटेर २,५१३ को विन्दुमा कायम भएको छ ।
आज १९ कम्पनीको शेयर मूल्य बढेको छ भने २५५ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३४७ कम्पनीको ९३ लाख २२ हजार १८५ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ६४ करोड माथिको शेयर कारोबार भएको छ ।
यी तीन समूहका अलवा आज बैंकिङ १.००, विकास बैंक ०.९६, फाइनान्स १.४१, होटल तथा पर्यटन २.४४, लगानी १.१९, जीवन बीमा १.९७, माइक्रोफाइनान्स १.१४ र व्यापार १.११ प्रतिशत घटेको छ।
उत्पादन तथा प्रशोधन समूह भने ०.७० प्रतिशत बढेको छ । बाढीपछिको पुनर्निर्माणका लागि सिमेन्टको खपत बढ्ने अनुमानका बीच सिमेन्ट कम्पनीहरुमा आज सकारात्मक प्रभाव देखियो ।
उपकार लघुवित्तको मूल्य सबैभन्दा धेरै १३.१६ प्रतिशत बढेको छ । त्यस्तै घोराही सिमेन्टको ७.५७, पाल्पा सिमेन्टको ४.०३, एसवाई प्यानलको ३.९१ प्रतिशत मूल्य बढेको छ ।
त्यस्तै मैलुङखोला जलविद्युतको मूल्य १४.९८, रसुवागढी हाइड्रोपावरको ११.७६, चिलिमे हाइड्रोपावरको १०.४९, माण्डु हाइड्रोपावरको ९.३० प्रतिशत मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २६ करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सर्वोत्तम पेन्ट्सको १५ करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायन्स स्पीनिङ मिल्सको १२ करोड १४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij