Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

संसद् बैठक तत्काल आह्वान गर्न कांग्रेसको माग

संसद् बैठक तत्काल आह्वान गर्न कांग्रेसको माग


  • 813
    Shares

    संसद् बैठक तत्काल आह्वान गर्न कांग्रेसको माग
    images

    काठमाडौं । नेपाली कांग्रेसले विपद्का बेला भइरहेका सरकारी तथा गैरसरकारी कामकारबाहीबारे आम जनतालाई स्पष्ट जानकारी दिन संसद्को बैठक तत्काल आह्वान गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

    सिंहदरबारमा सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकले संसद् सञ्चालनका लागि सभामुखसँग छिटोभन्दा छिटो छलफल गर्ने निर्णय गरेको प्रमुख सचेतक बासना थापाले जानकारी दिइन् ।

    जिल्ला तथा गाउँ–गाउँमा रहेका बेपत्ताका घटनाहरू सांसदमार्फत संसद्मा उठाउन र त्यसको समाधानका उपाय पहिल्याउन संसद् सञ्चालन आवश्यक रहेको उनले बताइन् ।

    बैठकले राहत कार्यमा सहयोग पुर्‍याउन कांग्रेसका सबै सांसदले आफ्नो आधा महिनाको पारिश्रमिक पार्टीको राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ । साथै, अत्यावश्यक पूर्वाधारको तत्काल पुनर्निर्माण गरी प्रभावित क्षेत्रको जनजीवन सामान्य बनाउन सरकारसँग आग्रह गरिएको प्रमुख सचेतक थापाले जानकारी दिइन् ।

    सरकारले अघि सारेको एकद्वार प्रणालीमा स्थानीय तहसँग पर्याप्त समन्वय हुन नसकेको राईले बताएका छन् ।

    सचेतक राईले शव व्यवस्थापन अत्यन्तै संवेदनशील र जटिल विषय भए पनि आवश्यक उपकरणको अभाव रहेको उल्लेख गरेका छन् । पीडित परिवारको पीडा र परम्परागत संस्कारलाई ध्यानमा राख्दै सुरक्षित तथा मर्यादित रूपमा शव व्यवस्थापन गर्न विज्ञहरूसँग सल्लाह लिएर अघि बढ्न सरकारसँग आग्रह गरिने उनको भनाइ छ । 

    प्रकाशित मिति :भाद्र १५ २०८३ सोमवार - १४:३४:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij