Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

रसुवा बाढी : मृतकको संख्या ४ सय ७५ पुग्यो

रसुवा बाढी : मृतकको संख्या ४ सय ७५ पुग्यो


  • 785
    Shares

    रसुवा बाढी : मृतकको संख्या ४ सय ७५ पुग्यो
    images

    काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या ४ सय ७५ पुगेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार शुक्रबार बिहानसम्म विभिन्न जिल्लाबाट ४७५ जनाको शव फेला परेको हो ।

    प्रहरीका अनुसार रसुवामा १२, नुवाकोटमा ३७, धादिङमा २७ र चितवनमा १७९ जनाको शव भेटिएको छ । त्यस्तै गोरखामा ४४, तनहुँमा २८ र नवलपरासी पूर्वमा ११० जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।

    बाढी तथा पहिरोका कारण अझै केही व्यक्ति सम्पर्कविहीन छन् । उनीहरूको खोज तथा उद्धारका लागि तीनवटै सुरक्षा निकायका ठूलो संख्यामा उद्धारकर्मी परिचालन गरिएको छ ।

    प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीसहितको टोलीले प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको छ ।  

    प्रकाशित मिति :भाद्र १२ २०८३ शुक्रवार - १२:२९:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij