२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । नेप्सेले गिरावटलाई नै निरन्तरता दिएको छ । साताको चौथो कारोबारको दिन बिहिवार सामान्य अंकले घटेर बन्द भएको छ । आज पनि नेप्से परिसूचक १ दशमलव ०४ अंकले घटेर २,५५७ को विन्दुमा कायम भएको छ ।
आज १४६ कम्पनीको शेयर मूल्य बढेको छ भने ११८ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३४८ कम्पनीको १ करोड ६ लाख २६ हजार ३७० कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७८ करोड माथिको शेयर कारोबार भएको छ ।
बैंकिङ ०.१४, विकास बैंक ०.४४, फाइनान्स ०.६६, होटल तथा पर्यटन ०.४१, लगानी ०.१५, उत्पादन तथा प्रशोधन १.७५, माइक्रोफाइनान्स ०.१२ प्रतिशत बढेको छ । सिमेन्ट कम्पनीहरुको मूल्यमा आएको वृद्धिका कारण आज उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै बढेको छ ।
सर्वोत्तम पेन्ट्सको मूल्य सबैभन्दा धेरै १५ प्रतिशत बढेको छ । त्यस्तै घोराही सिमेन्टको ८.१९, सोनापुर सिमेन्टको ५.०५, भगवती हाइड्रोपावरको ४.७२, पाल्पा सिमेन्टको ४.५३, शिवम् सिमेन्टको ४.१७ प्रतिशत मूल्य बढेको छ ।
त्यस्तै अपरहेवाखेला जलविद्युत् कम्पनीको ९.४५, त्रिशूली जलविद्युत् कम्पनीको ०.२३, इमर्जिङ नेपालको ८.३८, रसुवागढी हाइड्रोपावरको ८.३८ तथा माथिल्लो मैलुङखोला जलविद्युतको मूल्य ८.०० प्रतिशत घटेको छ ।
आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । आज यस कम्पनीको २१ करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल एसबिआई बैंकको १६ करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । चिलिमे हाइड्रोको १६ करोड ७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij