Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

बाढीले नेपाल टेलिकम सेवा प्रभावित, ६० साइट सञ्चालनमा ल्याउन काम जारी

बाढीले नेपाल टेलिकम सेवा प्रभावित, ६० साइट सञ्चालनमा ल्याउन काम जारी


  • 1.5K
    Shares

    बाढीले  नेपाल टेलिकम सेवा प्रभावित, ६० साइट सञ्चालनमा ल्याउन काम जारी
    images

    काठमाडौं । बाढी पहिरोले मानवीय र भौतिक संरचनामा क्षति पुग्नुका साथै रसुवा, धादिङ, नुवाकोट र चितवन जिल्लामा सञ्चालित दूरसञ्चार सेवाहरु प्रभावित भएका छन् । नेपाल टेलिकमले विभिन्न स्थानमा सेवा सुचारु गर्नका लागि आवश्यक मर्मत सम्भार कार्य जारी राखेको छ । 

    रसुवा जिल्लाका विभिन्न स्थानमा सेवा सञ्चालन गर्नको लागि नेपाल टेलिकमबाट न्यौपानेचौर तथा राम्चे रिपिटर साइटमा हेलिकोप्टरबाट जेनेरेटर तथा ब्याट्री लगायतका उपकरणहरु पठाई न्यौपानेचौर तथा राम्चे आसपासका केस्पाङ (काउले), ठुलेगाउँ, तादी, फिकुरी, कालिकास्थान, ग्राङ, डाँडागाउँ, मैलुङ, पाङसाङ डाँडा, लाङटाङ, क्याङ्जिन लगायतका क्षेत्रहरुमा सेवा सुचारू गरिएको छ । धुन्चेमा सेवा सञ्चालनका लागि जेनेरेटर, इन्धन तथा कर्मचारी परिचालन गरिएको छ । 

    नुवाकोट जिल्ला अन्तर्गतको मदनपुर, बट्टार, बिदुर बसपार्क तथा धादिङ जिल्ला अन्तर्गत बैरेनी ठमेल डाँडामा जेनेरेटर, इन्धन सहित कर्मचारीहरु परिचालन गरी सेवा सुचारु हुने क्रममा रहेको छ । प्रभावित क्षेत्रका मुख्य प्राथमिकता प्राप्त साइटहरु अनवरत रुपमा सञ्चालनमा ल्याउनका लागि जेनेरेटर, इन्धन तथा कर्मचारीहरु परिचालन गरिएको छ ।

    साथै, हाल सञ्चालनमा रहेका उपरोक्त जिल्लाका अन्य बीटीएसहरुमा कभरेज र क्षमता विकास तथा अप्टिमाइज गरी  प्रभावकारी रुपमा सेवा सञ्चालन गर्ने कार्य भइरहेको छ । 

    यस अनुसार चितवनका ५ मध्ये ३, धादिङका ३६ मध्ये १३, नुवाकोटका ७९ मध्ये ३१ र रसुवाका ३२ मध्ये १३ साइट गरी समग्रमा प्रभावित देखिएका १५२ साइट मध्ये ६० साइट सञ्चालनमा आउन बाँकी छन् । बाँकी साइट समेत सञ्चालनमा ल्याउनका लागि आवश्यक कार्य भइरहेको छ । 

    विपद्को यस अवस्थामा नागरिकको सञ्चार आवश्यकतालाई सहज बनाउन नेपाल टेलिकमले सेवा निरन्तरता, पूर्वसूचना तथा सचेतना र आवश्यक प्राविधिक कार्यलाई उच्च प्राथमिकतामा राखेको छ । यसबाट सम्बन्धित सबै सेवाग्राहीलाई आफन्तजनसँग सञ्चार सम्पर्क कायम गर्न सहयोग पुग्ने कम्पनीको विश्वास छ । 
                                                                                      

    प्रकाशित मिति :भाद्र ११ २०८३ बिहिवार - १५:३३:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij