Logo

२०८३ कार्तिक १५ गते आइतवार

२०८३ कार्तिक १५ गते आइतवार

जलविद्युत् र निर्जीवन बीमामा उच्च गिरावट, ३५ अंकले घट्यो नेप्से

जलविद्युत् र निर्जीवन बीमामा उच्च गिरावट, ३५ अंकले घट्यो नेप्से


  • 2.0K
    Shares

    जलविद्युत् र निर्जीवन बीमामा उच्च गिरावट, ३५ अंकले घट्यो नेप्से
    images

    काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा चीनतर्फबाट आएको भीषण बाढीले त्रिशूली नदीको तटीय क्षेत्रमा ठुलो धनजनको क्षति पुर्‍याएपछि मुलुक शोकमग्न बनेको समयमा सेयर बजारमा ‘पहिरो’ गएको छ ।

    आज नेप्से परिसूचक ३५.९२ अंकले घटेर २,५५८ को विन्दुमा कायम भएको छ । आज २३ कम्पनीको मात्रै शेयर मूल्य बढेको छ भने २५२ कम्पनीको घटेको छ ।

    आज दिनभरिमा ३४८ कम्पनीको १ करोड ३५ लाख ८२ हजार ३२० कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७७ करोड माथिको शेयर कारोबार भएको छ । आज चिलिमे हाइड्रोको सर्वाधिक कारोबार भएको छ । आज यस कम्पनीको २० करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । 

    त्यस्तै निर्जीवन बीमा समूह ३.९० प्रतिशत घट्यो । विद्युत् आयोजनामा क्षति हुनु र सोको क्षति निर्जीवन बीमा कम्पनीले पूर्ती गर्नुपर्ने भएकाले आज यी समूहगत सूचक बढी प्रभावित भए । यद्यपि अरु समूहगत सूचक पनि झरेका छन् । बैंकिङ ०.७४, विकास बैंक ०.८४, फाइनान्स १.१०, होटल तथा पर्यटन ०.५४, लगानी १.३१, जीवन बीमा १.५२, उत्पादन तथा प्रशोधन ०.४०, माइक्रोफाइनानस ०.९१, अन्य १.४४ तथा व्यापार ०.०४ प्रतिशत घटे ।

    सर्वोत्तम पेन्ट्सको मूल्य १५ प्रतिशत बढ्यो । त्यस्तै अपरहेवाखोलाको १०.४३, कालिन्चोक हाइड्रोपावरको ३.२१ प्रतिशत मूल्य बढ्यो । मूल्य धेरै घट्नेमा आजको बाढीबाट प्रभावित आयोजनाका कम्पनीहरु छन् ।

     

     

    प्रकाशित मिति :भाद्र १० २०८३ बुधवार - १५:५२:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij