२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बसेको सर्वदलीय बैठक सकिएको छ ।
झण्डै ३ घण्टा बसेको बैठकमा कोभिड-१९ को नियन्त्रण, प्राप्त उपलब्धीहरुको रक्षा, संविधान विरोधी र हिंसात्मक गतिविधिलगायतका विषयमा छलफल भएको थियो ।
बैठकमा सहभागी दलका नेताहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ को नियन्त्रण गर्न, प्राप्त उपलब्धीहरुको रक्षा गर्न, संविधान विरोधी र हिंसात्मक गतिविधिको विरोधमा एकजुट हुन आह्वान गरेका छन् ।
प्रधानमन्त्री निवास वालुवाटारमा मंगलबार तीन घण्टा चलेको बैठकमा प्राप्त राजनीतिक उपलब्धीको रक्षा र अहिले देखा परेको सडक प्रदर्शनका बारेमा छलफल केन्द्रित भएको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij