Logo

२०८३ आश्विन २४ गते शनिवार

२०८३ आश्विन २४ गते शनिवार

मुक्तिनाथ विकास बैंकको अटो लोन योजना, ५.५४ प्रतिशत ब्याजमै कर्जा उपलब्ध

मुक्तिनाथ विकास बैंकको अटो लोन योजना, ५.५४ प्रतिशत ब्याजमै कर्जा उपलब्ध


  • 1.4K
    Shares

    मुक्तिनाथ विकास बैंकको अटो लोन योजना, ५.५४ प्रतिशत ब्याजमै कर्जा उपलब्ध
    images

    काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले नाडा अटो शो २०२६ लाई लक्षित गर्दै ग्राहकहरूका लागि आकर्षक अटो लोन योजना सार्वजनिक गरेको छ।

    यस योजनाअन्तर्गत ग्राहकहरूले हाल बैंकको अटो लोन मात्र ५.५४ प्रतिशत वार्षिक ब्याजदरमा पाउन सक्नेछन्। बैंकले आधार दरमा ० प्रतिशत प्रिमियम थप गरी यो विशेष ब्याजदरमा कर्जा उपलब्ध गराउने घोषणा गरेको हो।

    नाडा अटो शोका अवसरमा ल्याइएको यो विशेष ब्याजदर योजना २०८३ भदौ मसान्तसम्म मात्र लागू हुनेछ। उक्त अवधि समाप्त भएपछि भने बैंकको प्रचलित सामान्य ब्याजदर लागू हुनेछ।

    ग्राहकको कर्जा आवेदन तथा आवश्यक सम्पूर्ण कागजातहरू पूरा भएको खण्डमा बैंकले २४ घण्टाभित्रै अटो लोन उपलब्ध गराउने व्यवस्था मिलाएको छ। यसले ग्राहकलाई आफ्नो रोजाइको सवारी साधन खरिद गर्न सहज, छिटो र सरल कर्जा सुविधा प्राप्त हुने विश्वास बैंकले लिएको छ।

    बैंकले उक्त अटो लोन सुविधा देशभर रहेका आफ्ना १ सय ७६ वटै शाखाहरूबाट उपलब्ध गराउने बताएको छ। नाडा अटो शो २०२६ मा सहभागी हुने तथा नयाँ सवारी साधन खरिद गर्न इच्छुक ग्राहकहरूले यस विशेष योजनाबाट लाभ लिन सक्नेछन्।

     

    प्रकाशित मिति :भाद्र ९ २०८३ मंगलवार - १६:०९:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij