२०८३ मंसिर ८ गते मंगलवार
काठमाडौं । नेपाल एसबिआई बैंक लि. ले ललितपुरको कुपण्डोलस्थित गुरद्वारा गुरु नानक सत्संग समिति परिसरमा नयाँ एटिएम टर्मिनल संचालनमा ल्याइएको छ ।
बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत, श्री राम कुमार तिवारीले उक्त नयाँ एटिएम टर्मिनलको उद्घाटन गरेका थिए । सो कार्यक्रममा गुरद्वारा गुरु नानक सत्संग समितिका अध्यक्ष, श्री प्रितम सिंह, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख संचालन अधिकृत, श्री विकास आनन्द, प्रमुख वित्तीय अधिकृत, श्री राजेश कुमार पण्डा, प्रमुख अनुपालन अधिकृत , श्री विष्णु देव यादव, प्रमुख व्यवसाय प्रवद्र्धन अधिकृत, श्री प्रविण मुनि बज्राचार्य, बागमती प्रदेश प्रमुख, श्री सुशिल राज श्रेष्ठ र बैंक तथा गुरद्वाराका अन्य पदाधिकारीहरू समेतको उपस्थिति रहेको थियो ।
श्रद्धालुहरू, स्थानीय बासिन्दा तथा ग्राहकहरूलाई सहज र आधुनिक बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले नयाँ एटिएम टर्मिनल संचालनमा ल्याइएको हो । यसबाट ग्राहकवर्गलाई थप सुबिधा सहितको बैकिङ सेवा उपलब्ध हुने अपेक्षा बैंकले राखेको छ । साथै, बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ज्ञान र शिक्षाको ज्योति फैलाउने पवित्र उद्देश्यका साथ गुरद्वारा गुरु नानक सत्संग समिति, कुपण्डोल, ललितपुर परिसरमा बाल पुस्तकालय स्थापनार्थ सहयोग सामाग्रीहरु प्रदान गरेको छ । बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत, श्री राम कुमार तिवारीले समितिका अध्यक्ष श्री प्रितम सिंहलाई एक कार्यक्रमका बिच उक्त सहयोग सामाग्रीहरु हस्तान्तरण गरेका थिए । बैंकले शिक्षा, सांस्कृतिक सम्पदाको संरक्षण तथा समुदाय स्तरमा यस्ता गतिविधिहरू समय समयमा गर्दै आइरहेको छ ।
नेपाल एसबिआई बैंक लि.ले बिगत ३३ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । हाल बैंकका १०४ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, २१ शाखा रहीत बैंकिङ, १२७ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij