२०८३ आश्विन २४ गते शनिवार
काठमाडौं । ठगी मुद्दामा आफूविरुद्ध फैसला आएपछि एक वकिलले सर्वोच्च अदालत परिसरमा आत्महत्या प्रयास गरेका छन्।
मुद्दा हारेपछि अधिवक्ता लालबहादुर राईले सुसाइड नोट लेखेर सर्वोच्च अदालतबाट हामफाल्ने प्रयास गरेको बताइएको छ।
घटनाबारे सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले आफूले पनि त्यही विवरण सुनेको बताएका छन्।
सर्वोच्च अदालत सुरक्षा प्रहरी प्रमुख एसपी अर्जुनप्रसाद तिमल्सिनाका अनुसार ती व्यक्ति सकुशल रहेका छन्। घटनाबारे थप विवरण आउन बाँकी छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij