Logo

२०८३ भाद्र ७ गते आइतवार

२०८३ भाद्र ७ गते आइतवार

सरकार र दुर्गा प्रसाईं नेतृत्वको नागरिक बचाउ महाअभियानबीच १४ बुँदे सहमति (पूर्णपाठ)

सरकार र दुर्गा प्रसाईं नेतृत्वको नागरिक बचाउ महाअभियानबीच १४ बुँदे सहमति (पूर्णपाठ)


  • 687
    Shares

    सरकार र दुर्गा प्रसाईं नेतृत्वको नागरिक बचाउ महाअभियानबीच १४ बुँदे सहमति (पूर्णपाठ)
    images

    काठमाडौं । सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईं संयोजक रहेको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपाल’सँग शनिबार (भदौ ६) १४ बुँदे सहमति गरेको छ ।

    सहमति भएसँगै महाअभियानले यसअघि आयोजना गर्दै आएका धर्ना तथा आन्दोलनका सम्पूर्ण कार्यक्रम आजैका मितिदेखि अन्त्य गर्ने निर्णय गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

    काठमाडौं उपत्यका प्रवेश गरी ललितपुरको पुल्चोकमा धर्नामा रहेका महाअभियानका प्रतिनिधि र सरकारद्वारा गठित वार्ता टोलीबीच सिंहदरबारमा भएको छलफलपछि उक्त सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो ।

    सरकारका तर्फबाट वार्ता टोली संयोजक एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव लिलाधर सुवेदी र महाअभियानका वार्ता समिति संयोजक विष्णु बोहोरा क्षेत्रीले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

    कालोसूचीमा परेका ऋणीहरूको बैंक खातामा रहेको सामाजिक सुरक्षा भत्ता, औषधोपचार खर्च, निवृत्तिभरण रकम र तलब खाता सञ्चालनमा बैंक तथा वित्तीय संस्थाले रोक लगाउन नपाउने व्यवस्था गर्ने, लघुवित्त संस्थाको कालोसूची र धितो लिलामसम्बन्धी विद्यमान व्यवस्थामा नेपाल राष्ट्र बैंकले पुनरवलोकन गर्ने तथा कर्जा मिनाहसम्बन्धी मागका विषयमा तथ्यांक संकलन र विश्लेषण गरी उपयुक्त कार्यान्वयनयोग्य विकल्प तयार गरी अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र सम्बन्धित निकायमार्फत कार्यान्वयन गर्नेलगायत बुँदा सहमतिपत्रमा छ ।

    सहमतिका बुँदा पढ्नोस्–

    11.jpeg22.jpeg

     

    images
    प्रकाशित मिति :भाद्र ६ २०८३ शनिवार - १९:२२:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij