Logo

२०८३ आश्विन २१ गते बुधवार

२०८३ आश्विन २१ गते बुधवार

१० वर्षीया बालिकालाई जबरजस्ती करणी आरोपमा १६ वर्षीय किशोर पक्राउ

१० वर्षीया बालिकालाई जबरजस्ती करणी आरोपमा १६ वर्षीय किशोर पक्राउ


  • 1.7K
    Shares

    १० वर्षीया बालिकालाई जबरजस्ती करणी आरोपमा १६ वर्षीय किशोर पक्राउ
    images

    पाल्पा । पाल्पामा १० वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा १६ वर्षीय किशोर पक्राउ परेका छन्।

    जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार गत साउन १५ गते दिउँसो घटना भएको हो । पीडित बालिकाले किटानी जाहेरी दिएपछि घटना बाहिर आएको हो ।

    प्रहरीका अनुसार १६ वर्षीय आरोपी किशोरले १० वर्षीया बालिकालाई आफ्नो घरमा लिची खान बोलाएका थिए। त्यसै क्रममा घटना भएको प्रहरीको भनाइ छ ।

    घटनाबारे भदौ ४ गते जिल्ला प्रहरी कार्यालय पाल्पामा लिखित किटानी जाहेरी परेपछि प्रहरी निरीक्षकको नेतृत्वमा टोली खटाइएको थियो । प्रहरीले आरोपी किशोरलाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

    पक्राउ परेका किशोरलाई जिल्ला अदालत पाल्पाबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए ।

    प्रकाशित मिति :भाद्र ६ २०८३ शनिवार - १२:४९:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij