Logo

२०८३ आश्विन २१ गते बुधवार

२०८३ आश्विन २१ गते बुधवार

विद्युत् र सिँचाइ पूर्वाधार निरीक्षण गर्न ऊर्जामन्त्री श्रेष्ठ कोशी प्रदेश जाँदै

विद्युत् र सिँचाइ पूर्वाधार निरीक्षण गर्न ऊर्जामन्त्री श्रेष्ठ कोशी प्रदेश जाँदै


  • 981
    Shares

    विद्युत् र सिँचाइ पूर्वाधार निरीक्षण गर्न ऊर्जामन्त्री श्रेष्ठ कोशी प्रदेश जाँदै
    images

    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ विद्युत् तथा सिँचाइ पूर्वाधारको निरीक्षणका लागि कोशी प्रदेशको भ्रमणमा निस्किँदै छन् । 

    मन्त्री श्रेष्ठ आफ्नो टिमका साथ आज दिउँसो १ बजे कोशी प्रदेशको राजधानी विराटनगर प्रस्थान गर्ने भएका छन्। टोलीले पूर्वमा विद्यमान विद्युत् समस्या, प्रसारण लाइनलगायत पूर्वाधारको अवस्थाको निरीक्षण गर्नेछ ।

    ऊर्जामन्त्री श्रेष्ठको टिममा मन्त्रालयका सचिव सरिता दवाडी, सहसचिव मोहनकुमार शाक्य, मन्त्रीका निजी सचिव सुदर्शन श्रेष्ठ, सचिवालय सदस्य देवेश बेल्बासेलगायत छन् । 

    यसैगरी जलस्रोत तथा सिँचाइ विभागबाट महानिर्देशक डा। महेश्वर श्रेष्ठ, उपमहानिर्देशक दिनेश भट्ट, नेपाल विद्युत् प्राधिकरणका कामु निर्देशक दीर्घायुकुमार श्रेष्ठसहित अधिकारी जाँदै छन् ।  

    मन्त्रीको सचिवालयकाअनुसार तीन दिने भ्रमणका क्रममा इनरुवाको चार सय केभी भोक्राहा सबस्टेसन, केरौना सबस्टेसनको अवलोकन गरिनेछ । यसैगरी बराहक्षेत्र चतहराको नहरको साइट भिजिट गरिनेछ । यसैगरी नेपालको विरासत बोकेको चन्द्र नहरको पनि निरीक्षण गर्ने कार्यक्रम छ । 

     

    प्रकाशित मिति :भाद्र ५ २०८३ शुक्रवार - १२:०५:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij