Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

कोरोनाविरुद्धको खोप लगाउने बाबा रामदेवको घोषणा

कोरोनाविरुद्धको खोप लगाउने बाबा रामदेवको घोषणा


  • 6.8K
    Shares

    कोरोनाविरुद्धको खोप लगाउने बाबा रामदेवको  घोषणा
    images

    भारतका योग गुरु बाबा रामदेवले पनि कोरोनाविरुद्धको खोप लगाउने भएका छन् ।

    एलोप्याथिक उपचार पद्धतिको विरोध गरेका पतञ्जलि आयुर्वेदिक संस्थाका संस्थापक रामदेवले पनि अन्ततः कोरोना खोप लगाउने घोषणा गरेका हुन् ।

    रामदेवले चाँडै कोरोनाविरुद्धको खोप लगाउने घोषणा गरेको भारतीय समाचार एजेन्सी पीटीआईले जानकारी दिएको हो ।यसअघि एलोप्याथिकलगायत आधुनिक उपचार पद्धतिको विरोध गर्दा रामदेवविरुद्ध विवादमा आएका थिए।

    भारतका चिकित्सकले उनीविरुद्ध देशव्यापी आन्दोलनै गर्दै कानुनी कारबाही गर्ने चेतावनी दिएका थिए । यहीबीच रामदेवले बिहीबार कोरोनाविरुद्ध खोप लगाउने घोषणा गरेको पीटीआईले जनाएको छ ।

    प्रकाशित मिति :जेठ २८ २०७८ शुक्रवार - १३:१४:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij