Logo

२०८३ आश्विन १८ गते आइतवार

२०८३ आश्विन १८ गते आइतवार

राप्रपा प्रवक्ता श्रेष्ठ : किरण थापाको मुख्यमन्त्री दाबी पुग्दैन

राप्रपा प्रवक्ता श्रेष्ठ : किरण थापाको मुख्यमन्त्री दाबी पुग्दैन


  • 939
    Shares

    राप्रपा प्रवक्ता श्रेष्ठ : किरण थापाको मुख्यमन्त्री दाबी पुग्दैन
    images

    काठमाडौं । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बागमती प्रदेशमा मुख्यमन्त्रीका लागि किरण थापाले गरेको दाबी नपुग्ने बताएका छन् ।  एमाले सांसद थापाले राप्रपाका १२ सांसदसहितको समर्थनमा मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए । तर, राप्रपा केन्द्रले त्यसलाई मान्यता नदिने बताउँदै आएको छ ।

    राप्रपा प्रवक्ता श्रेष्ठले सामाजिक सञ्जालमा बिहीबार भनेका छन्, ‘किरण थापाको दाबी पुग्दैन, बागमती प्रदेश प्रमुखले अख्तियारको दुरुपयोग गर्नु हुनेछैन’, ‘व्यक्तिले दिएको समर्थन दलको हुन सक्दैन, बागमती प्रदेशमा १२ सांसद भएको राप्रपाबाट एक जना सांसदले एक्लैले समर्थन दिन सक्दैन र मिल्दा पनि मिल्दैन ।’

    राप्रपा संसदीय दलका नेता उद्धव थापाले संसदीय दलको नेताको लेटर प्याडमा किरण थापालाई १२ जना सांसदको समर्थन रहेको जनाएका थिए ।

     

    प्रकाशित मिति :भाद्र ४ २०८३ बिहिवार - ११:००:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij