Logo

२०८३ भाद्र ४ गते बिहिवार

२०८३ भाद्र ४ गते बिहिवार

विश्वासको मत लिँदै कर्णाली प्रदेशका मुख्यमन्त्री शाही

विश्वासको मत लिँदै कर्णाली प्रदेशका मुख्यमन्त्री शाही


  • 596
    Shares

    विश्वासको मत लिँदै  कर्णाली प्रदेशका मुख्यमन्त्री शाही
    images

    काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले आज प्रदेशसभाबाट विश्वासको मत लिँदै छन्। विश्वासको मतका लागि प्रदेशसभाको बैठक दिउँसो ३ बजे बोलाइएको छ।

    नेकपा एमालेको समर्थनमा साउन १२ गते मुख्यमन्त्री नियुक्त भएका शाहीले संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिन लागेका हुन्।

    तर, विश्वासको मत लिनुअघि नै सत्ता साझेदार दलहरूबीच खटपट देखिएको छ। नेकपा र एमालेबीच मन्त्रालय बाँडफाँटको विषयमा सहमति हुन नसक्दा सरकार गठन भएको तीन साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन। अहिले मुख्यमन्त्री शाही नेतृत्वको सरकारमा उनी एक्लै छन्।

    एमालेसँग मन्त्रालय बाँडफाँटबारे छलफल टुंगोमा नपुग्दै मुख्यमन्त्रीले विश्वासको मतको प्रस्ताव अघि बढाएको भन्दै एमालेभित्र असन्तुष्टि देखिएको हो।

    एमालेका एक नेताका अनुसार मन्त्रालयको विषयमा सहमति नहुँदै विश्वासको मतको प्रक्रिया अघि बढाइएकाले गठबन्धनभित्र अविश्वास बढेको छ। एमालेले साथ नदिए पनि कांग्रेसको समर्थनमा सरकार अघि बढाउन सकिने सोच मुख्यमन्त्रीमा रहेको हुनसक्ने भन्दै एमालेले यस विषयलाई गम्भीर रूपमा लिएको जनाएको छ।

    ४० सदस्यीय कर्णाली प्रदेशसभामा विश्वासको मतका लागि २१ सांसदको समर्थन आवश्यक हुन्छ। सत्ता साझेदार नेकपा र एमालेसँग २४ सांसद रहेकाले सामान्य अवस्थामा मुख्यमन्त्री शाहीले विश्वासको मत पाउने देखिन्छ।

    तर, एमालेभित्र देखिएको असन्तुष्टिका कारण विश्वासको मतअघि नै कर्णालीको राजनीति नयाँ मोडमा जान सक्ने सम्भावना बढेको छ।

    मुख्यमन्त्री शाहीले भने विश्वासको मत लिएपछि दुई दलबीच सहमति गरेर मन्त्रिपरिषद् विस्तार गर्ने बताउँदै आएका छन्।

    images
    प्रकाशित मिति :भाद्र ३ २०८३ बुधवार - १०:११:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij