Logo

२०८३ भाद्र ४ गते बिहिवार

२०८३ भाद्र ४ गते बिहिवार

सुनसरी र सिरहा झडप : सुरक्षाकर्मीकै गोली लागेर भएको थियो मानवीय क्षति

सुनसरी र सिरहा झडप : सुरक्षाकर्मीकै गोली लागेर भएको थियो मानवीय क्षति


  • 1.2K
    Shares

    सुनसरी र सिरहा झडप : सुरक्षाकर्मीकै गोली लागेर भएको थियो मानवीय क्षति
    images

    काठमाडौं । सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएको घटनाबारे छानबिन गर्न गठित दुई समितिले छानबिन सकेर प्रतिवेदन बुझाएको छ ।

    दुई समुदायबिच भएको विवाद र उत्पन्न झडपमा परेर सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्जमा ३ जनाले ज्यान गुमाए । साउन १० मा भएको सो घटनाको असर मधेस प्रदेशेको सिरहामा पनि फैलियो ।

    साउन १४ मा सिरहाको गोलबजारमा प्रदर्शन हुँदा प्रहरीसँगको झडपमा परेर १८ वर्षीय गणेश यादवले ज्यान गुमाए । दुवै घटनाका मृतकहरूलाई सरकारले सहिद घोषणा गरेको छ । कप्तानगञ्जको झडपमा मृत्यु हुनेमा ३० वर्षीय ओमप्रकाश मेहता, २० वर्षीय जयप्रकाश मेहता र २२ वर्षीय रविन्द्र मेहता छन् ।

    चारै जनाको मृत्यु ‘सुरक्षाकर्मीको गोली लागेर’ भएको छानबिन समितिको निष्कर्ष छ । कप्तानगञ्ज घटनाबारे सहसचिव भुपेन्द्र थापा र गोलबजारमा भएको घटनाबारे गृह मन्त्रालयकै अर्का सहसचिव पुष्पराज शाही नेतृत्वको समितिले छानबिन गरेको थियो ।

    दुवै समितिले सुरक्षाकर्मीकै गोलीबाट मानवीय क्षति भएको निष्कर्षसहित प्रतिवेदन बुझाएको गृह मन्त्रालयका एक उच्च अधिकृतले रातोपाटीलाई बताए । उनले भने, ‘चारैजनाको मृत्यु सुरक्षाकर्मीको गोलीबाट नै भएको छानबिन समितिको निष्कर्ष छ ।’

    कप्तानगञ्जमा नेपाल प्रहरी र सशस्त्रले चलाएको गोली लागेर ३ जनाको मृत्यु भएको छानबिनबाट देखिएको छ । कप्तानगञ्जमा कुल २० राउण्ड गोली चलेको भेटिएको छ । कप्तानगञ्जमा भएको झडप नियन्त्रणमा लिन इलाका प्रहरी कार्यालय देवानगञ्जका इन्स्पेक्टर राकेश राई र प्रहरी चौकी कप्तानगञ्जका असई प्रकाश कुमार श्रेष्ठ खटिएका थिए । 

    सिरहाको गोलबजारमा सशस्त्र प्रहरीले गोली चलाएको भेटिएको छैन । गोलबजारमा प्रहरीले चलाएको गोली लागेर गणेश यादवको मृत्यु भएको छानबिन समितिको निष्कर्ष छ । गृह मन्त्रालयका एक उच्च अधिकृतका अनुसार गोलबजारमा ७ राउण्ड ‘डमी राउण्ड’ र पेस्तोलबाट २ राउण्ड गोली चलेको भेटिएको छ । गोलबजारमा प्रहरीका इन्स्पेक्टर सुदन केसी भिड नियन्त्रणमा खटिएका थिए । 

    उनले बोकेको पेस्तोलबाट गोली चलेको छानबिन निष्कर्ष छ । प्रदर्शनकारीको मृत्यु भएपछि प्रहरी प्रधान कार्यालयले साउन १५ मा केसीलाई त्यहाँबाट हटाएको थियो । गोलबजारमा अहिले इन्स्पेक्टर दिपक खरेल कार्यरत छन् ।

    छानबिन समितिले घटनामा संलग्न सुरक्षा अधिकृतहरूलाई कारबाही गर्न सिफारिस गरेको छ । समितिका जना सदस्य भन्छन्, ‘लापरवाही र सुरक्षा व्यवस्थापनमा त्रुटि गर्ने सुरक्षाकर्मीलाई कारबाही गर्न सिफारिस गरिएको छ ।’

     

    images
    प्रकाशित मिति :भाद्र २ २०८३ मंगलवार - १७:०१:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij