Logo

२०८३ आश्विन १८ गते आइतवार

२०८३ आश्विन १८ गते आइतवार

वैदेशिक रोजगारका लागि साउनमा लिए ७० हजारभन्दा बढीले श्रम स्वीकृति

वैदेशिक रोजगारका लागि साउनमा लिए ७० हजारभन्दा बढीले श्रम स्वीकृति


  • 1.6K
    Shares

    वैदेशिक रोजगारका लागि साउनमा लिए ७० हजारभन्दा बढीले श्रम स्वीकृति
    images

    काठमाडौं ।  वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार सन् २०२६ जुलाई १७ देखि अगस्ट १६ (साउन महिना) सम्मको अवधिमा ७० हजार ४ सय ४१ नेपालीले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति पाएका छन् । 

    विभागको तथ्याङ्क अनुसार यस अवधिमा श्रम स्वीकृति लिनेमा पुरुषको संख्या ६० हजार ४ सय ७२ र महिलाको संख्या ९ हजार ९ सय ६९ रहेको छ ।

    कुल स्वीकृत संख्यामध्ये नयाँ श्रम स्वीकृति लिने (पुनः श्रम स्वीकृति बाहेक) नेपालीको संख्या ४२ हजार ६ सय ९३ रहेको छ, जसमा ३६ हजार ३ सय ३९ पुरुष र ६ हजार ३ सय ५४ महिला छन् । त्यसैगरी, २७ हजार ७ सय ४८ जनाले पुनः श्रम स्वीकृति लिएका छन्।

    नेपाली कामदारका लागि प्रमुख गन्तव्य मुलुकका रूपमा युनाइटेड अरब इमिरेट्स देखिएको छ । साउन महिनामा मात्रै युएईका लागि १८ हजार ७ सय ८४ जनाले श्रम स्वीकृति पाएका छन्। दोस्रो प्रमुख गन्तव्यका रूपमा मलेसिया रहेको छ, जहाँ १२ हजार ४ सय ९८ जना जान लागेका छन्।

    अन्य देशहरूमध्ये कतारमा १० हजार ३६०, साउदी अरबमा ८ हजार ६१३, कुवेतमा ४ हजार ५६७, रोमानियामा २ हजार ९०८ र जापानका लागि १ हजार २४४ जनाले श्रम स्वीकृति लिएका छन् । यसका साथै पोर्चुगल, टर्की, साइप्रस र माल्दिभ्स लगायतका देशहरूमा पनि नेपालीहरू रोजगारीका लागि जान लागेको तथ्याङ्कले देखाउँछ।

    विभागको तथ्याङ्क अनुसार वैदेशिक रोजगारीमा जानेहरूमध्ये अधिकांश दक्ष श्रेणीका रहेका छन् । कुल ७० हजार ४ सय ४१ मध्ये ४० हजार ४ सय ९६ जना दक्ष कामदारका रूपमा श्रम स्वीकृति लिनेहरू छन् । 

    साथै, सो अवधिमा अदक्ष १७ हजार ९९९ जना, अर्ध-दक्ष ११ हजार ४६५ जना, व्यावसायिक ३७८ जना र उच्च दक्ष १०३ जनाले श्रम स्वीकृति लिएको विवरणमा उल्लेख छ ।

    वैदेशिक रोजगारीमा जानेहरूको जिल्लागत तथ्याङ्क हेर्दा मधेश प्रदेश र कोशी प्रदेशका जिल्लाहरूबाट धेरै मानिस बाहिरिएको देखिन्छ । सबैभन्दा बढी धनुषा जिल्लाबाट ३ हजार ३ सय ६८ जनाले श्रम स्वीकृति लिएका छन् । 

    सो अवधिमा इजाजतपत्र प्राप्त म्यानपावर कम्पनी मार्फत २९ हजार ४ सय ४७ जनाले अनुमति पाएका छन् । व्यक्तिगत रूपमा नयाँ जानेको संख्या १२ हजार ४ सय ४२ छ भने सरकारी स्तरको सम्झौता मार्फत ७ सय १२ जनाले रोजगारीको अवसर पाएका छन् । साथै, वैधानिकीकरण मार्फत ९२ जनाले श्रम स्वीकृति प्राप्त गरेका छन्।

    प्रकाशित मिति :भाद्र २ २०८३ मंगलवार - १६:५४:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij