Logo

२०८३ भाद्र ४ गते बिहिवार

२०८३ भाद्र ४ गते बिहिवार

नाडा अटो शोमा ‘दिपल निभो क्यू ०५’ सार्वजनिक हुने

नाडा अटो शोमा ‘दिपल निभो क्यू ०५’ सार्वजनिक हुने


  • 834
    Shares

    नाडा अटो शोमा  ‘दिपल निभो क्यू ०५’ सार्वजनिक हुने
    images

    काठमाडौं । दिपल निभो क्यू ०५ इलेक्ट्रिक एसयूभी नेपाल आउने भएको छ। चांगानको यो मोडल आगामी नाडा अटो शो २०२६ मा नेपाली ग्राहकका लागि सार्वजनिक गर्ने तयारी भइरहेको छ।

    चीनमा तीव्र प्रतिस्पर्धाबिच आकर्षक मूल्य र अत्याधुनिक फिचरसहित बजारमा आएको क्यू ०५ ले छोटो समयमै ठूलो सफलता हासिल गरेको थियो। 

    ११ अगस्ट २०२६ सम्ममा यसको सञ्चित बिक्री १ लाख युनिट नाघिसकेको छ भने जुलाईमा मात्रै १८ हजार ८७१ युनिट डेलिभरी भएको थियो। यसमा क्याटल ब्याट्री र चांगानको आफ्नै ब्याट्री सुरक्षा प्रविधि प्रयोग गरिएको छ।

    चीनबाहेक थाइल्यान्डमा पनि सार्वजनिक भएको दुई साताभन्दा कम समयमै यसको ३ हजारभन्दा बढी अर्डर आएको थियो। चांगानले थाइल्यान्डको रायोङ उत्पादन केन्द्रबाटै राइट(ह्यान्ड(ड्राइभ भेरियन्ट निर्माण गरी अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्ने रणनीति लिएको छ।

    नेपाली बजारमा प्रतिस्पर्धी इभी विकल्पहरू पहिले नै उपलब्ध रहेकाले यसको मूल्य, डिजाइन र बिक्रीपछिको सेवाले बजारमा यसको भविष्य तय गर्नेछ। चीन र थाइल्यान्डमा पाएको उत्साहजनक प्रतिक्रियाका कारण नेपाली बजारमा पनि यसको आगमनलाई चासोका साथ हेरिएको छ।

    images
    प्रकाशित मिति :भाद्र २ २०८३ मंगलवार - १६:५१:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij