२०८३ भाद्र ४ गते बिहिवार
काठमाडौं । विश्व बजारमा कच्चा तेलको भाउ बढेर ९० डलरमाथि उक्लिएको छ । अमेरिका र इरानबिचको द्वन्द्व तत्कालै समाधान हुने आशा धूमिल बनेपछि कच्चा तेलको भाउ बढेको हो ।
मंगलबार लन्डनस्थित आईसीई एक्सचेञ्जको कोमेक्स डिभिजनमा कच्चा तेलको विश्वव्यापी बेञ्चमार्क ब्रेन्ट क्रुडको भाउ शून्य दशमलव १ प्रतिशतले बढेर प्रतिब्यारेल ९१ डलरमा उक्लिएको छ । यो जुलाईको अन्त्ययताकै उच्च हो ।
मंगलबार अमेरिकी बेञ्चमार्क वेष्ट टेक्सास इन्टरमिडियटको भाउ पनि शून्य दशमलव ७ प्रतिशतले बढेर ब्यारेलकै ८५ डलरमा पुगेको छ । अमेरिका र इरानले जुनमा ६० दिनको युद्धविराम सम्झौता गरेका थिए । यसले दुबैलाई लामोसमयसम्म टिक्ने शान्ति सम्झौताका लागि छलफल गर्न र लडाई कम गर्दै स्ट्रेट अफ होर्मुज पुनः खुलाउन समय दिने आशा गरिएको थियो ।
इरान युद्ध अन्य गर्ने तिर कुनै प्रगति नभएको र तनाव बढिरहेको समयमा सोमबार यो सम्झौताको म्याद सकिएको छ । यसबिच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुजमा अमेरिकी प्रयासमा हस्तक्षेप गरे ओमानमाथि बमबारी गर्न सक्ने चेतावनी दिएको खबर आएपछि तेल बजारमा चिन्ता बढेको छ ।
तेलको मूल्य बढेसँगै मंगलबारको कारोबारमा अमेरिकासहित विभिन्न देशका सरकारी ऋणपत्रको ब्याजदर पनि बढेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij