Logo

२०८३ भाद्र ४ गते बिहिवार

२०८३ भाद्र ४ गते बिहिवार

प्रधानमन्त्री शाह र भारतीय सेनाध्यक्षबिच भेटवार्ता

प्रधानमन्त्री शाह र भारतीय सेनाध्यक्षबिच भेटवार्ता


  • 526
    Shares

    प्रधानमन्त्री शाह र भारतीय सेनाध्यक्षबिच भेटवार्ता
    images

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठले शिष्टाचार भेटवार्ता गरेका छन् । 

    रक्षामन्त्री समेत रहेका प्रधानमन्त्री शाहसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सेनाध्यक्ष सेठले मङ्गलबार शिष्टाचार भेटवार्ता गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको हो । 

    सो भेटमा नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव समेत सहभागी थिए । प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणमा सेनाध्यक्ष सेठ चार दिने भ्रमणको सिलसिलामा आइतबार काठमाडौं आएका थिए। 

    सेनाध्यक्ष सेठलाई सोमबार राष्ट्रपति रामचन्द्र पौडेलज्यूले नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गरेका थिए। 

    सोमबार नै प्रधान सेनापति सिग्देल र सेनाध्यक्ष सेठबिच द्विपक्षीय भेटवार्ता समेत भएको थियो।

     

    images
    प्रकाशित मिति :भाद्र २ २०८३ मंगलवार - १६:२४:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij