Logo

२०८२ कार्तिक ७ गते शुक्रवार

२०८२ कार्तिक ७ गते शुक्रवार

सुदूरपश्चिममा माधव पक्षका १७ सांसदलाई एमालेले सोध्यो २४ घण्टे स्पष्टीकरण 

सुदूरपश्चिममा माधव पक्षका १७ सांसदलाई एमालेले सोध्यो २४ घण्टे स्पष्टीकरण 


  • 7.0K
    Shares

    सुदूरपश्चिममा माधव पक्षका १७ सांसदलाई एमालेले सोध्यो २४ घण्टे स्पष्टीकरण 
    images

    काठमाडौं । नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिएका १७ सांसदलाई स्पष्टीकरण सोधेको छ । उनीहरुलाई २४ घण्टाको समय दिएर स्पष्टीकरण सोधिएको प्रदेश कमिटी सचिव राजेन्द्र रावलले जानकारी दिए ।

    एमालेको संसदीय दलको बैठकले नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री भट्लाई विश्वासको मत दिने निर्णय गरेको थियो ।

    जनता समाजवादी पार्टी ९जसपा० र ओली पक्षका सात सांसदले भने विपक्षमा मतदान गरेका थिए । संसदीय दलले उनीहरुसित मंगलबार नै स्पष्टीकरण मागेको थियो ।

    एमालेको स्थायी कमिटी बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिए पनि संसदीय दलले उक्त निर्देशनलाई चुनौती दिएको थियो ।

    एमाले प्रदेश कमिटीले खनाल–नेपाल समूहका १७ सांसदलाई स्पष्टीकरण सोध्दै कारबाहीको चेतावनी पनि दिएको छ ।

    प्रकाशित मिति :जेठ २७ २०७८ बिहिवार - १६:२९:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij