Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

जंगल छेउका गाउँ स्थानान्तरण गर्नुपर्छः बालेन्द्र साह

जंगल छेउका गाउँ स्थानान्तरण गर्नुपर्छः बालेन्द्र साह


  • 547
    Shares

    जंगल छेउका गाउँ स्थानान्तरण गर्नुपर्छः बालेन्द्र साह

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनबारे पार्टीका उम्मेदवारहरुसँग रणनीतिक छलफल गरेका छन् । आफ्नो निर्वाचन क्षेत्रबाट काठमाडौं फर्किएका नेता शाहले आइतवार चुनावी रणनीतिबारे उपत्यकाभित्रका पार्टीका उम्मेदवारसँग छलफल गरेका हुन् । 

    नेता साहले उम्मेदवारहरुसँग चुनावी अभियानबारे ब्रिफिङ लिएको भेटमा संलग्न नेताहरुले बताए । भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै ललितपुर–३ की उम्मेदवार समेत रहेकी नेतृ तोषिमा कार्कीले भेटमा चुनावी अभियानबारे नेता शाहले जानकारी लिएको बताइन् । 

    उनले भेटमा चुनावी रणनीतिबारे समेत छलफल भएको उल्लेख गरिन् । उनका अनुसार नेता साहले उम्मेदवारहरुलाई आफूहरुको स्पष्ट बहुमतको सरकार बन्ने भन्दै जनता समस्या बुझ्ने कार्यमा गम्भीरतापूर्वक लाग्न आग्रह गरेका छन् ।  अगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेता साहले झापा–५ बाट उम्मेदवारी दिएका छन् । 

     

    प्रकाशित मिति :माघ ११ २०८२ आइतवार - १७:२९:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij