Logo

२०८२ पौष ४ गते शुक्रवार

२०८२ पौष ४ गते शुक्रवार

भारतको मुम्बईमा एक भवन भत्किँदा आठ बालबालिकासहित ११ को मृत्यु

भारतको मुम्बईमा एक भवन भत्किँदा आठ बालबालिकासहित ११ को मृत्यु


  • 6.4K
    Shares

    भारतको मुम्बईमा एक भवन भत्किँदा आठ बालबालिकासहित ११ को मृत्यु
    images

    भारतको मुबईस्थित माल्वानी क्षेत्रमा रहेको एक भवन भत्किँदा ११ जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरे अनुसार बुधबार राति तीन तले आवासीय भवन भत्किएर अर्को एक तले भवनमा खसेको थियो ।

    मृत्यु हुनेमा आठ जना बालबालिका र तीन जना वयस्क मानिसहरु रहेको प्रहरीले जानकारी दिएको छ । यो घटनामा थप सातजना घाइते भएका छन् । समाचारमा उल्लेख गरिए अनुसार अझै धेरै मानिस पुरिएको आशंकामा अहिले खोजीकार्य चलिरहेको छ ।

    अधिकारीहरुका अनुसार नाजुक अवस्थामा रहेको नजिकैको अर्को तीनतले भवन पनि खाली गरिएको छ । मुम्बईको प्रहरीका ज्वइन्ट कमिस्नर विश्वास नांग्रेका अनुसार उक्त भवन गैरकानुनीरुपमा धेरै संरचनात्मक त्रुटिसहित निर्माण गरिएको थियो ।

    गत महिना भारतमा ताउ ते चक्रवातपछि भएको वर्षाको कारण उक्त भवनमा क्षति पुगेको थियो । यस्तोमा आवश्यक सतर्कता अपनाइएको भए बुधबारको दुर्घटना रोक्ने सकिने प्रहरी अधिकारी नांग्रेले बताए ।

    महाराष्ट्रको सरकारले यस घटनामा मृत्यु हुने सबैको परिवारलाई पाँच लाख राहत उपलब्ध गराउने भएको छ । एजेन्सी

    प्रकाशित मिति :जेठ २७ २०७८ बिहिवार - १४:४०:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij