Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

अमेरिकामा टिकटक र वीच्याटमाथि लगाइएको प्रतिबन्ध फुकुवा

अमेरिकामा टिकटक र वीच्याटमाथि लगाइएको प्रतिबन्ध फुकुवा


  • 7.2K
    Shares

    अमेरिकामा टिकटक र वीच्याटमाथि लगाइएको प्रतिबन्ध फुकुवा
    images

    काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले टिकटक र वीच्याटजस्ता चिनियाँ एपमाथि लगाइएको प्रतिबन्ध फुकुवा गरेका छन् । यसअघिका राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले यी एपको डाउनलोडमाथि प्रतिबन्ध लगाउने निर्णय गरेका थिए ।

    ट्रम्पको निर्णयविरुद्ध टिकटक र विच्याटले अमेरिकी अदालतमा मुद्धा दायर गरेका थिए । तर हालसम्म कुनै फैसला आइसकेको छैन् । यस्तो अवस्थामा बाइडेनले ट्रम्पमको निर्णयलाई नै रद्ध गर्दै प्रतिबन्ध खुला गर्ने घोषणा गरेका हुन् ।

    बाइडेनले एपमाथिको प्रतिबन्ध खुला गरेपनि टिकटक, वीच्याटलगायत अन्य विदेशी एपहरुको सुरक्षा मापदण्ड उपलब्ध गराउनुपर्ने माग गरेका छन् । उनीहरुले बुझाएको सुरक्षा मापण्डका आधारमा आगामी दिनमा आवश्यक निर्णय लिन सकिने जनाइएको छ ।

    यसका साथै टिकटकको हकमा उठेका सुरक्षा कमजोरीबारे सरकार आफैंले पनि अध्ययन गर्ने उनले बताएका छन् ।

    प्रकाशित मिति :जेठ २७ २०७८ बिहिवार - १४:२४:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij