Logo

२०८३ आश्विन १३ गते मंगलवार

२०८३ आश्विन १३ गते मंगलवार

ट्रम्प प्रशासनले गर्‍याे १ लाख ७५ हजारभन्दा बढी भिसा रद्द

ट्रम्प प्रशासनले गर्‍याे १ लाख ७५ हजारभन्दा बढी भिसा रद्द


  • 1.4K
    Shares

    ट्रम्प प्रशासनले गर्‍याे १ लाख ७५ हजारभन्दा बढी भिसा रद्द
    images

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले १ लाख ७५ हजारभन्दा बढी भिसा रद्द गरेको जनाएको छ । अमेरिकाले आप्रवासनसम्बन्धी कडाइलाई चर्को पारिरहेको समयमा अमेरिकी विदेश मन्त्रालयले सोमबार यसबारे जानकारी दिएको हो । 

    मन्त्रालयका अनुसार भिसाका सर्त उल्लङ्घन गरेको, अपराधमा संलग्न भएको, अमेरिकी नागरिकविरुद्ध हिंसाका लागि आह्वान गरेको, अमेरिकी नागरिकलाई ठगी गरेको, आप्रवासन प्रणालीको दुरुपयोग गरेको वा राष्ट्रिय सुरक्षामा जोखिम उत्पन्न गरेको आरोपमा यी भिसा रद्द गरिएका हुन् ।

    धेरैजसो भिसा कानुन कार्यान्वयन गर्ने निकायसँगको सम्पर्कपछि रद्द गरिएको बताइएको छ । तीमध्ये कुटपिट, मादक पदार्थ सेवन गरी सवारी चलाउने, चोरी तथा लागुऔषधसम्बन्धी अपराध प्रमुख कारण रहेका छन् । मन्त्रालयले केही गम्भीर आपराधिक मुद्दाका उदाहरणसमेत सार्वजनिक गरेको छ । 

    बलात्कार तथा यौन दुर्व्यवहारको गम्भीर आरोप लागेका व्यक्ति, अपहरण तथा मानव बेचबिखनको आरोपमा पक्राउ परेका व्यक्ति र बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्री राखेको आरोपमा एक दर्जनभन्दा बढी मुद्दा सामना गरिरहेका व्यक्तिको भिसा पनि रद्द गरिएको छ ।

    उत्तर अफ्रिकास्थित एक अमेरिकी दूतावासले अमेरिकामा गएर बच्चा जन्माउने र त्यसबाट बच्चाले अमेरिकी नागरिकता प्राप्त गर्ने उद्देश्यले यात्रा गरेको आरोप लागेका १०० भन्दा बढी अभिभावकको भिसा रद्द गरेको विदेश मन्त्रालयले जनाएको छ। 

    अमेरिकामा बच्चा जन्माएर बच्चालाई नागरिकता दिलाउने उद्देश्यले गरिने यस्तो यात्रालाई सामान्यतया ‘बर्थ टुरिज्म’ भनिन्छ । यसअघि जनवरीमा ट्रम्प प्रशासनले १ लाखभन्दा बढी भिसा रद्द गरिसकेको जनाएको थियो । त्यसबेला उक्त संख्या अमेरिकी इतिहासमै अभूतपूर्व भएको बताइएको थियो। 

     

    प्रकाशित मिति :श्रावण २६ २०८३ मंगलवार - १५:१३:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij