Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

भुटानका दुई मन्त्रीले दिए राजीनामा

भुटानका दुई मन्त्रीले दिए राजीनामा


  • 890
    Shares

    भुटानका दुई मन्त्रीले दिए राजीनामा
    images

    काठमाडौं । भुटानका गृह मामिला मन्त्री ल्योन्पो छेरिङ र ऊर्जा तथा प्राकृतिक स्रोत मन्त्री ल्योन्पो गेम छेरिङले पदबाट राजीनामा दिएका छन् । मंगलबार भुटानी प्रधानमन्त्री कार्यालयले विज्ञप्तिमार्फत यसबारे जानकारी गराएको हो । 

    प्रधानमन्त्री कार्यालयका अनुसार, प्रधानमन्त्रीको सिफारिसमा राजा जिग्मे खेसर नाम्ग्याल वाङ्चुकले दुवै मन्त्रीको राजीनामा स्वीकृत गरिसकेका छन् । भुटानको संविधान तथा ल्हेङ्ग्ये झुङ्छोग ऐन, २०२१ अनुसार राजीनामा स्वीकृत गरिएको हो । 

    गृह मामिला मन्त्री छेरिङले ‘व्यक्तिगत विषयका कारण उच्च नैतिकताका आधार’मा राजीनामा दिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

    त्यस्तै, ऊर्जा तथा प्राकृतिक स्रोत मन्त्री गेम छेरिङले ‘उमेर र नयाँ पुस्तालाई नेतृत्वको उच्च जिम्मेवारीका लागि तयार पार्दै सहज नेतृत्व हस्तान्तरण गर्ने उद्देश्यले राजीनामा दिएको’ प्रधानमन्त्री कार्यलयको विज्ञप्तिमा उल्लेख छ ।

    विज्ञप्तिमा दुवै मन्त्रीको सेवाप्रति आभार व्यक्त गर्दै गृह मामिला मन्त्री छेरिङको सार्वजनिक विश्वास कायम राख्ने नैतिक प्रतिबद्धता र गेम छेरिङको नयाँ पुस्ताको नेतृत्व विकासप्रतिको योगदानको प्रशंसा समेत गरिएको छ । 

     

    images
    प्रकाशित मिति :श्रावण २६ २०८३ मंगलवार - १३:४७:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij