२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले ओली प्रतिगमनविरोधी संयुक्त संघर्षले नयाँ राजनीतिक ध्रुवीकरण गराउने सम्भावना औंल्याएका छन् ।
कुनै पनि संकटले नयाँ सम्भावना पनि ल्याउने उल्लेख गर्दै डा. भट्टराईले अहिले जारी संयुक्त संघर्षले नयाँ राजनीतिक ध्रुवीकरण निर्माण गर्न सक्ने बताएका हुन् ।
तर एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट भन्ने शब्दावालीकै बदनाम गराइसकेकाले फेरि अर्को ‘असली’ कम्युनिस्टकै कुरा गर्नुचाहिँ व्यर्थ हुने उनको टिप्पणी छ ।
यस्तो छ, डा. भट्टराईको भनाइ :
भनिन्छ, कुनै पनि संकट नयाँ सम्भावना लिएर आउँछ । ओली प्रतिगमनविरोधी संयुक्त संघर्षले नयाँ राजनीतिक ध्रुवीकरण पनि गराउन सक्छ । ओलीले ‘कम्युनिस्ट’ पदावलीलाई नै बदनाम गराइसकेको अवस्थामा फेरि अर्को ‘असली कम्युनिस्ट’को कुरा गर्नु ‘बरमझियाको असली बाजेको पेडा’ हुन सक्छ । सबैले नयाँ ढंगले सोचौं ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij