Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

न्यायोचित भाडादर र राइडरको हकहितका लागि ‘इन्ड्राइभ’ कार्यालय घेराउ (तस्बिरहरु)

न्यायोचित भाडादर र राइडरको हकहितका लागि ‘इन्ड्राइभ’ कार्यालय घेराउ (तस्बिरहरु)


  • 1.3K
    Shares

    न्यायोचित भाडादर र राइडरको हकहितका लागि ‘इन्ड्राइभ’ कार्यालय घेराउ (तस्बिरहरु)
    images

    काठमाडौं । स्वतन्त्र चालक फाउण्डेशन नेपालले राइडरहरूको उचित हकहित र न्यायोचित भाडादर कायम गर्नुपर्ने माग गर्दै शान्तिपूर्ण आन्दोलन तथा ‘इन्ड्राइभ’ कार्यालय घेराउ गरेको छ । 

    राइडरहरूले भोग्दै आएका समस्याहरूको समाधान र श्रमको उचित मूल्याङ्कनका लागि दबाब दिने उद्देश्यले उक्त संस्थाले विरोध प्रदर्शन गरेको हो । प्रदर्शनका क्रममा सहभागीहरूले ‘राइडरको पसिना सस्तो छैन’, ‘अन्याय स्वीकार्य छैन’, ‘श्रमिकको आवाज सुन्नैपर्छ’ र ‘राइडरको शोषण बन्द गर’ लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।

    यसैगरी, राइडरहरूको एकता नै देशको प्रगति भएको उल्लेख गर्दै प्रदर्शनकारीहरूले माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने र इन्ड्राइभ बहिष्कार गर्ने चेतावनी समेत दिएका छन् । उनीहरूले विभिन्न माग लेखिएका प्लेकार्ड बोकेर इन्ड्राइभको कार्यालय बाहिर नाराबाजी गर्दै आफ्नो असन्तुष्टि व्यक्त गरेका हुन् ।

    i10.jpg

    i9.jpg

    i8.jpg

    i7.jpg

    i6.jpg

    i5.jpg

    i4.jpg

    i3.jpg 

     

    i2.jpgi1.jpg

     

    प्रकाशित मिति :श्रावण २१ २०८३ बिहिवार - १३:३७:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij