Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

सम्झौता उल्लंघन गर्ने उद्योगमाथि कडा कदम, पत्र बुझ्न नमानेपछि गेटमै टाँसियो

सम्झौता उल्लंघन गर्ने उद्योगमाथि कडा कदम, पत्र बुझ्न नमानेपछि गेटमै टाँसियो


  • 876
    Shares

    सम्झौता उल्लंघन गर्ने उद्योगमाथि कडा कदम, पत्र बुझ्न नमानेपछि गेटमै टाँसियो
    images

    काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि औद्योगिक क्षेत्रभित्र भएका सम्झौता कार्यान्वयनमा कडाइ थालिएको छ । सम्झौताविपरीत गतिविधि गरेको आरोप लागेको बालाजु औद्योगिक क्षेत्रस्थित कन्टिनेन्टल कम्पोनेन्ट सर्भिसेस प्रा।लि। लाई औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, शाखा कार्यालय बालाजुले छलफलका लागि उपस्थित हुन पत्राचार गरेको छ ।

    बालाजु शाखाले पठाएको पत्रमा उद्योग र कार्यालयबीच भएको सम्झौताका विभिन्न सर्त पालना नभएको उल्लेख गरिएको छ । सम्झौताको उद्देश्यअनुसार उद्योग सञ्चालन गर्न यसअघि पनि पटक–पटक मौखिक तथा लिखित जानकारी गराइएको कार्यालयले जनाएको छ ।

    कार्यालयका अनुसार गाडी मर्मत तथा सर्भिसिङ उद्योग सञ्चालन गर्ने उद्देश्यले उपलब्ध गराइएको जग्गामा सम्झौताविपरीत गतिविधि भएको पाइएको छ । उद्योगको दर्ता प्रमाणपत्रमा समेत सवारी साधन मर्मत तथा सर्भिसिङ गर्ने उद्देश्य उल्लेख भए पनि सोहीअनुसार काम नभएको पत्रमा जनाइएको छ ।

    यसअघि नै सम्झौताका सर्तअनुसार काम गर्न समयसीमा तोकेर निर्देशन दिइएको थियो । तोकिएको समयभित्र सुधार नभए सम्झौता रद्द गर्ने चेतावनीसमेत कार्यालयले दिएको थियो ।

    तर, उद्योगका प्रतिनिधिले कार्यालयको पत्र बुझ्न अस्वीकार गरेपछि उक्त पत्र उद्योगको गेटमै टाँस गरी मुचुल्का गरिएको बालाजु शाखाले जनाएको छ ।

    सम्झौताअनुसार काम नभएको भन्दै कार्यालयले यसअघि उद्योगलाई उपलब्ध गराउँदै आएको विद्युत् तथा पानीको सेवा समेत विच्छेद गरेको थियो । सेवा कटौतीपछि उत्पादन प्रभावित भएको भन्दै उद्योगले असहमति जनाएको भए पनि विवाद समाधानका लागि आपसी छलफलको व्यवस्था सम्झौतामै रहेको कार्यालयको भनाइ छ ।

    मन्त्री यादवको निर्देशनपछि औद्योगिक क्षेत्र व्यवस्थापनले अब सबै उद्योगले सम्झौतामा उल्लेखित उद्देश्यअनुसार नै व्यवसाय सञ्चालन गर्नुपर्ने स्पष्ट संकेत दिएको छ । सम्झौता उल्लंघन गर्ने उद्योगमाथि आवश्यक प्रशासनिक कदम चाल्ने प्रक्रिया अघि बढाइएको छ ।

    बालाजु शाखाले पछिल्लो पत्रमार्फत ७ दिनभित्र छलफलमा उपस्थित भई सम्झौताका सर्तअनुसार अघि बढ्न कन्टिनेन्टल कम्पोनेन्ट सर्भिसेसलाई आग्रह गरेको छ । पत्र बुझ्नसमेत अस्वीकार गरिएको घटनाले औद्योगिक क्षेत्र व्यवस्थापन सम्झौता कार्यान्वयनमा थप कडाइका साथ अघि बढ्ने देखिएको छ ।

    प्रकाशित मिति :श्रावण २० २०८३ बुधवार - ११:०९:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij