Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

अर्थमन्त्रीले बोलाए नेपाल राष्ट्र बैंकका १८ कार्यकारी निर्देशक

अर्थमन्त्रीले बोलाए नेपाल राष्ट्र बैंकका १८ कार्यकारी निर्देशक


  • 1.1K
    Shares

    अर्थमन्त्रीले बोलाए नेपाल राष्ट्र बैंकका १८ कार्यकारी निर्देशक
    images

    काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूलाई अर्थ मन्त्रालयमा छलफलका लागि बोलाएका छन्।

    वाग्लेले बुधबार बिहान ९ बजे राष्ट्र बैंकका सबै कार्यकारी निर्देशकहरूलाई अर्थ मन्त्रालयमा बोलाएका हुन्।

    साउन १२ गते उद्योगीहरूसँग छलफल गरेका अर्थमन्त्री वाग्लेले मंगलबार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूसँग छलफल गरेका थिए।

    उद्योगी र बैंकरहरूले मौद्रिक नीतिसँग सम्बन्धित विषय छलफलमा प्रस्तुत गरेका थिए। अर्थ मन्त्रालयमा भएको उद्योगी र बैंकरहरूसँगको छलफलमा राष्ट्र बैंकको प्रतिनिधि सहभागी थिएनन्।

    बुधबार हुने राष्ट्र बैंकको कार्यकारी निर्देशकहरूसँग अर्थमन्त्रीले गर्ने छलफलमा राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेल र डेपुटी गभर्नर किरण पण्डितलाई भने नबोलाइएको अर्थ मन्त्रालय स्रोतले बताएको छ।

    प्रकाशित मिति :श्रावण १९ २०८३ मंगलवार - २०:३८:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij