Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

रणनीतिक निकायहरू प्रधानमन्त्री कार्यालय मातहत नै हुनुपर्नेमा रास्वपाको जोड

रणनीतिक निकायहरू प्रधानमन्त्री कार्यालय मातहत नै हुनुपर्नेमा रास्वपाको जोड


  • 841
    Shares

    रणनीतिक निकायहरू प्रधानमन्त्री कार्यालय मातहत नै हुनुपर्नेमा रास्वपाको जोड
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले सरकारका रणनीतिक निकायहरूलाई प्रधानमन्त्री कार्यालय मातहत नै राख्नुपर्ने बताए । 

    राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक’ माथिको दफावार छलफलका क्रममा प्रमुख सचेतक बुर्लाकोटीले यस्तो बताएको हो । उनले सरकारले रणनीतिक महत्वका निकायहरूलाई आफू अनुकूल स्थानमा राखेर कार्यसम्पादन गर्न पाउनुपर्ने भन्दै यस विषयलाई सहज रूपमा लिन आग्रह गरे । 

    छलफलका क्रममा बुर्लाकोटीले अहिले कार्यान्वयनको पद्धति भन्दा पनि विधेयकको संशोधनका मुख्य बुँदाहरूमा मात्र केन्द्रित हुन सदस्यहरूको ध्यानाकर्षण गराए । सरकारी निकायहरूको प्रभावकारिताका विषयमा आगामी बैठकहरूमा विस्तृत छलफल गर्न सकिने उल्लेख गर्दै उनले अहिले विधेयकलाई अगाडि बढाउनेतर्फ लाग्नुपर्नेमा जोड दिए । यस्तै, सदनको बैठक समेत शुरु हुन लागेको सन्दर्भमा समितिको छलफललाई संक्षिप्त र परिणाममुखी बनाउनुपर्ने उ
    को भनाइ छ । 

    उनले भने, ‘मेरो तीनवटा सुझाव छन् । पहिलो, सदन सुरु हुन लागेको र धेरै विषय दोहोरिन थालेकाले अब छलफललाई संक्षिप्त र केन्द्रित बनाऔँ । दोस्रो, आजको छलफल विधेयक र त्यसका संशोधनमा मात्र सीमित गरौँ । कार्यान्वयनको प्रभावकारिताबारे छुट्टै बैठकमा विस्तृत छलफल गर्न सकिन्छ । अहिले त्यसतर्फ जाँदा मूल विषयबाट विमुख हुने अवस्था आउन सक्छ । तेस्रो, यो सरकारको रणनीतिक निकाय भएकाले आवश्यकताअनुसार कुन मन्त्रालय वा निकायअन्तर्गत राख्ने भन्ने निर्णय गर्ने अधिकार सरकारकै हुनुपर्छ । त्यसैले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत राख्ने सरकारको प्रश्तावलाई सहज रूपमा स्वीकार गरी यसमा अनावश्यक समय खर्च नगर्नु उपयुक्त हुन्छ ।’

     

    प्रकाशित मिति :श्रावण १९ २०८३ मंगलवार - १४:५४:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij